सर्लाहीका २२८ स्वास्थ्यकर्मी, प्रहरी र पत्रकारलाई भोरको सुरक्षा प्याकेज
हामीले अहिले सम्म टेलिभिजनमा मात्र हेरेको फेस शिल्ड हामीलाई भोरले उपलब्ध गरायो, हामी आभारी छौ, बबरगंज स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी अमृत चौधरीले बताए ।

२०७८ जेठ ७ शुक्रबार, बेलुकी ७:५३ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । कोरोना महामारीमा अग्रपंक्तिमा खटिएका सर्लाहीका स्वास्थ्यकर्मी, प्रहरी र पत्रकारलाई कोरोना भाईरस कोभिड १९ को सक्रमणबाट जोगाउनका लागि स्वास्थ्य सुरक्षा प्याकेज प्रदान गरिएको छ । भोरको पहल र दौतरी – फ्रेन्डस अफ फ्यूचरको सहकार्यमा उक्त सुरक्षा सामग्री वितरण गरिएको छ ।
चन्द्रनगर गांउपालिकाका ७ वटै स्वास्थ्य संस्थाका ४० स्वास्थ्यकर्मीलाई प्रति व्यक्ति ५० पिस सर्जिकल मास्क, एउटा फेस शिल्ड, ६ पिस सर्जिकल ह्यान्ड ग्लोब्स वितरण गरिएको भोरको अध्यक्ष पँचुलाल माझीले बताए ।
कोरोनाको संक्रमण निकै तेज भएको र कोरोनाका बिरामी पनि बढन थालेको समयमा पनि चन्द्रनगर गांउपालिकाका स्वास्थ्यकर्मीे स्वास्थ्य सुरक्षा सामाग्री बिना नै काम गरि रहेको देखेर हामीले उक्त स्वास्थ्य सुरक्षा प्याकेज प्रदान गरेकोे बताए ।
त्यस्तै सर्लाहीका विभिन्न इलाका र चौकीका १४८ नेपाल प्रहरी तथा सस्त्र प्रहरी बललाई स्वास्थ्य सुरक्षा प्याकेज प्रदान गरिएको छ । प्रत्येक प्रहरीलाई ५० पिस सर्जिकल मास्क, १ पिस फेस शिल्ड, १०० एमएलको १ बोतल सेनिटाइजर, ६ वटा सर्जिकल ह्यान्ड ग्लोब्स हस्तान्तरण गरिएको छ ।
नेपाल प्रहरीका फुलजोर प्रहरी चौकी, ईश्वरपुर प्रहरी इलाका, मोहनपुर प्रहरी चौकी, नाढीताल प्रहरी चौकी, भक्तिपुर प्रहरी चौकी तथा नेपाल भारत सिमानामा रहेको त्रिभुवननगर सस्त्र प्रहरी बल गरी १४८ प्रहरीलाई सो स्वास्थ्य सुरक्षा प्याकेज प्रदान गरिएको कुरा फ्रेन्डस अफ भोर सदस्य राजेश महतोले जानकारी दिए ।
स्वास्थ्यकर्मी र प्रहरी संगै सर्लाहीमा क्रियाशिल पत्रकारहरुका लागि मास्क र सेनिटाईजर प्रदान गरेको छ । आईतबार साँझ भोरका संस्थापक अध्यक्ष राजकुमार महतो, अध्यक्ष पँचु माझी मुसहर लगायतले नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंकबहादुर क्षेत्रीलाई ५० वटा दरको ४० पोका मास्क र १०० एमएल दरको ४० बोतल सेनिटाईजर प्रदान गरेका हुन ।
सशस्त्र प्रहरीका जवानहरु नेपाल भारत सिमामा स्वास्थ्य सुरक्षा सामाग्री बिना नै डियूटी गर्ने बाध्यता थियो जस्ले गर्दा ती जवानहरु कोरोना संक्रमणमो उच्च जोखिममा थिए, त्रिभुवननगर सस्त्र प्रहरी बलका ईन्सपेक्टर संजित कुमार सिंहले बताए ।
तर भोरले प्रदान गरेको स्वास्थ्य सुरक्षा प्याकेजले उनीहरुलाई एक महिना भन्दा बढी सम्मलाई संक्रमणको जोखिम कम गर्न निकै मदत मिल्ने भयो, ईन्सपेक्टर सिंहले जानकारी दिए ।
त्यस्तै, ईश्वरपुर इलाका प्रहरीका ईन्सपेक्टर जे आर ढुगांनाले कोरोना महामारीको यस्तो विषम परिस्थितीमा हाम्रो इलाका अन्तरगतका सम्पूर्ण प्रहरीलाई एक महिना भन्दा बढीको लागि स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेर भोरले निकै गुणकारी सहयोग गरेको बताए ।
नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंकबहादुर क्षेत्रीका अनुसार भोरबाट प्राप्त स्वास्थ्य सुरक्षा सामग्री सर्लाहीमा क्रियाशिल रुपमा खटिने पत्रकारहरुलाई सोमबारबाटै वितरण सूरु गरिने छ र यसले पत्रकारहरुलाई कोरोना संक्रमणबाट जोगाउने बताए ।
हामीले अहिले सम्म टेलिभिजनमा मात्र हेरेको फेस शिल्ड हामीलाई भोरले उपलब्ध गरायो, हामी आभारी छौ, बबरगंज स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी अमृत चौधरीले बताए ।
यस्तो महामारीमा पनि अहिले सम्म फेस शिल्ड बिना नै स्वास्थ्य सेवा प्रदान गरि रहेको थियौ, हामीलाई उपलब्ध गराइएको फेस शिल्डले कोरोना संक्रमणको जोखिम निकै कम गर्ने विश्वास स्वास्थ्यकर्मी चौधरीले व्यक्त गरे ।
भोरका संस्थापक राज कुमार महतोका अनुसार गत वर्ष झै कोरोना महामारीको दोश्रो लहरमा पनि नेपाली दाजुभाई दिदीबहिनीलाई बचाउन भोरले पांच किसिमका प्याकेज सहित कोविड १९ रेस्पन्स २.० शुरु गरेको थियो ।
जस अन्तर्गत कोरोना महामारीका बीच पनि अग्रपंक्तिमा खटिने पत्रकार, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सरसफाई कार्यकर्ता, एम्बुलेन्स चालक लगायतका लाई मास्क, सेनिटाईजर, फेस शिल्ड, ग्लोब्स सहितको स्वास्थ्य सुरक्षा प्याकेज वितरण गर्न लागेको उनले बताए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…