आफ्नै घरबाट हराएका महोत्तरीका बालक चारदिनपछि भारतको एक घरमा भेटिए
गएको मङ्गलवार सोनमा गाँउपालिका ४ का शत्रुघ्न महतोका ६ वर्षीय छोरा युवराज महतो घर वरिपरिबाटै हराएका थिए ।

२०७८ जेठ ७ शुक्रबार, दिउँसो ४:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । आफ्नै घरबाट बेपत्ता भएका प्रदेश २ महोत्तरीका एक बालक शुक्रबार भारतमा भेटिएका छन् । उनी एक घरमा भेटिएको हो ।
खोजी गर्ने क्रममा भारतको रजवारा भन्ने ठाउँमा एक घरमा लुकाइराखेको अवस्थामा बालकलाई भेटिएको प्रहरीले जनाएको छ ।
भेटिएका बालकलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याइएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक(इन्स्पेक्टर) विष्णु प्रदीप बस्यालले जानकारी दिए ।
गएको मङ्गलवार सोनमा गाँउपालिका ४ का शत्रुघ्न महतोका ६ वर्षीय छोरा युवराज महतो घर वरिपरिबाटै हराएका थिए ।
गत मंगलवार सोनमा गाँउपालिका ४ का सत्रुधन महतोको ६ बर्षिय छोरा युवराज महतो घरको आँगनमा खेलिरहेको बेला हराएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…