अक्सिजनको अभाव भएपनि कुनै पनि विरामीको मृत्यू भएको छैनः मेसु डा. यादव
भिडियो ती व्यक्तिले मेसु यादवबाट ब्लैकमा रेम्डेसिभिर ल्याएर प्रतिभाईल ५१०० पर्ने औषधीको २५००० सम्म लिने गरेको खुलाएका थिए । सो आरोपलाई मेसु यादवले निराधार बताएका छन् ।

२०७८ जेठ ५ बुधबार, दिउँसो ३:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद कुमार यादवले अस्पतालमा अक्सिजनको कमीले कुनै पनि विरामीको मृत्यू नभएको दाबी गरेका छन् ।
एक विज्ञप्ती जारी गर्दै डा. यादवले सँचारमाध्यमहरुमा आएको समाचार अनुसार कुनै पनि विरामीको अक्सिजनको कमीले अस्पतालमा मृत्यू नभएको दाबी गरेका छन् ।
सँचारमाध्यमहरुमा जनकपुरमा अक्सिजनको हाहाकार भएको तथा माग बमोजिम अक्सिजन आपूर्ति नभएको भनेर डा. यादवले नै स्वयँम प्रतिक्रिया दिएपनि उनले अक्सिजनको अभावमा मृत्यू नभएको दाबी गरेका छन् ।
जनकपुरमा प्रत्येक २४ घण्टामा कम्तीमा पनि ५०० अक्सिजन सिलिण्डर आवश्यक रहेपनि थोरै आउने गरेको भनेर प्रतिक्रिया दिएका थिए । सोही क्रममा सिरहाको फूलकुमारी मेमोरियल अस्पतालका फार्मेसीका एक व्यक्तिले रेम्डेसिभिर प्रादेशिक अस्पतालबाट ब्लैकमा ल्याउने गरेको भिडियो आएपनि उनले अस्व्किार गरेका छन् ।
डा. यादवले आफूमाथि लगाइएको आरोप मिथ्या र निराधार रहेको आरोप लगाएका छन् । भिडियो ती व्यक्तिले मेसु यादवबाट ब्लैकमा रेम्डेसिभिर ल्याएर प्रतिभाईल ५१०० पर्ने औषधीको २५००० सम्म लिने गरेको खुलाएका थिए । सो आरोपलाई मेसु यादवले निराधार बताएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…