जनकपुरमै 'सरकार कहाँ है रे तु' भन्दै सरकार खोज्दै युवाहरु सडकमा
सरकारले विभिन्न समयमा निर्णय मात्र गरेर मिडियाबाजी गर्दै काम भने शून्य गरेको आरोप उनीहरुको छ ।

२०७८ जेठ ५ बुधबार, बिहान १०:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरका युवाहरुले मँगलबार प्रदेश सरकारको अगाडी प्रदर्शन गरेका छन् । उनीहरु प्रदेश सरकार खोज्दै मन्त्रालय अगाडी प्रदर्शन गरे ।
स्थानीय युवाहरुले 'प्रदेश सरकार कहाँ है रे तु' भन्दै सरकार खोजेको बताएका छन् । जनकपुरमा अक्जिनको कमीले दिनहुँ नागरिकहरु ज्यान गुमाइरहेको अवस्थामा पनि प्रदेश सरकारले खासै चासो नलिएपछि सरकार खोजेको युवा गणेश साहले बताए ।
महामारीमा अस्पतालकै कर्मचारीहरु सहित सरोकारबालाहरु नै अक्सिजन र रेम्डेसिभिरको कालोबजारी गरिरहेको भएपनि प्रदेश सरकार चुप्पी लादेको भन्दै उनीहरुले सरकार खोज्न बाध्य भएको बताए ।
युवाहरुले कागजमा 'सरकार कहाँ है रे तु' सहितका नारा लेखेर मधेश भवनको मूल गेट अगाडी मौन प्रदर्शन गरेका हुन् । सरकारले विभिन्न समयमा निर्णय मात्र गरेर मिडियाबाजी गर्दै काम भने शून्य गरेको आरोप उनीहरुको छ ।
प्रादेशिक अस्पतालमा औषधी र अक्जिनको समेत कालोबजारी गरी नीजि तर्फ पठाउँदा प्रादेशिक अस्पतालमा नागरिकको अक्सिजनको अभावमा ज्यान जाने गरेको अवस्था रहेको भन्दै तत्काल कारवाहीको माग सहित मौन प्रदर्शन गरेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…