नवलपरासीमा बस दुर्घटना, चारको मृत्यु, ४९ घाइते
ज्यान गुमाउने मध्ये रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–६ बस्ने २७ वर्षीय कल्पना पुन र सिस्ने गाउँपालिका–४ बस्ने धनराज घर्तीको मात्र सनाखत भएको छ ।

२०७८ जेठ ५ बुधबार, बिहान ९:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, नवलपरासी । नवलपरासीमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट–४ स्थित दाउन्ने जङ्गलको खुर्सानी खोला नजिकै आज बिहान ६ बजे बस दुर्घटना भएको हो ।
बस सडकबाट २०० मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । काठमाडौँको माछापोखरीबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बासुदेव नेपालले जानकारी दिए ।
ज्यान गुमाउने मध्ये रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–६ बस्ने २७ वर्षीय कल्पना पुन र सिस्ने गाउँपालिका–४ बस्ने धनराज घर्तीको मात्र सनाखत भएको छ ।
बसमा अन्दाजी ५८ यात्रु रहेको र ती मध्ये ४९ घाइतेलाई घटनास्थलबाट उद्धार गरी स्थानीय चिसापानी अस्पताल र सञ्जिवनी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए । बसमा सवार पाँच जना सकुशल रहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…