कोरोना महामारीमा गरिबको जनमतका उपाध्यक्ष बसन्त कुशवाहा साहारा
२ हजारभन्दा बढ़ी निःशुल्क मास्क वितरण गरेको तथा १ हजार जना भन्दा बढ़ीलाई कोरोना सम्बन्धी जानकारी तथा प्रशिक्षण समेत दिइएको छ।

२०७८ जेठ ४ मंगलबार, राति ८:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । कोभिडको महामारीमा जनमत पार्टीका राष्ट्यि उपाध्यक्ष तथा गैर आवासीय मधेशी सँघका अन्तराष्ट्रिय अध्यक्ष ई. बसन्त कुशवाहाले आफ्नो नीजि लगानीमा निःशुल्क सेवाहरु दिएर सहारा बनेका छन् ।
कुशवाहाले आफ्नै लगानीमा रौतहट जिल्लाको बंकुल बजारमा स्थापना गरेको मॉ जानकी हॉस्पिटलबाट निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन थालेका छन्।
जनमत पार्टीका केन्द्रीय सदस्य तथा चिकित्सक जनमत संघका उप–संयोजक डॉ. सुबन्त कुमार कुशवाहाले साथ दिएका ई. कुशवाहाले बताए।
यो हॉस्पिटलमा अहिलेसम्म बौधिमाई नगरपालिका लगायत परोहा, मौलापुर, आदर्श कोतवाल, सिमरौनगढ़ नगरपालिकाबाट बिरामीहरु सेवा प्राप्त गरेका छन्।
हालसम्म ६ सय ५० जना भन्दा बढ़ी बिरामीले निःशूल्क स्वास्थ्य सेवा प्राप्त गरेको ई. कुशवाहाको फ़ेस्बुक पेजबाट जानकारी प्राप्त भएको छ।
सो हॉस्पिटलबाट १०० जना भन्दा बढ़ी बिरामीको निःशुल्क लैब टेस्ट, ५० जना भन्दा बढ़ी बिरामीको निस्शुल्क औषधी, २५ जना भन्दा बढ़ी कोरोना संक्रमित बिरामीको प्रारम्भिक उपचार तथा ५ जना अति संक्रमित कोरोना बिरामीको अन्य अस्पतालमा ब्यवस्था मिलाई उपचार गरेको जनाइएको छ।
२ हजारभन्दा बढ़ी निःशुल्क मास्क वितरण गरेको तथा १ हजार जना भन्दा बढ़ीलाई कोरोना सम्बन्धी जानकारी तथा प्रशिक्षण समेत दिइएको छ।
कोरोना महामारीको यस विषम परिस्थितिमा जनमत पार्टीको उच्च तहका पदाधिकारीबाट यस्तो सामाजिक कार्य हुनुलाई हरेक पक्षबाट सराहनीय कदमको रूपमा लिइएको छ।
स्थानीय, प्रदेश तथा संघीय सरकार अहिले खाली सत्ताको खेल र भ्रष्टाचारमा लिप्त भएको बेला जनमत पार्टी फ्रोन्ट लाइनमा उभियर काम गर्दै छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…