जनकपुरमा अक्सिजन अनुगमन समिति
अक्सिजन प्लान्टबाट बाहिर ग्यास पठाइएका हुँदा अभाव देखिएकाले उक्त समस्या समाधान गर्न मन्त्री यादवका अध्यक्षतामा सुरक्षा निकायका प्रमुख रहने गरी समिति गठन

२०७८ जेठ ४ मंगलबार, बेलुकी ७:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश सरकारले कोरोना संक्रमितको उपचारमा सबैभन्दा महत्वपूर्ण रहेको अक्सिजन ग्यासको अभाव हुन नदिन अक्सिजन अनुगमन समिति गठन गरेको छ ।
प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवका नेतृत्वमा अक्सिजन ग्यास अनुगमन व्यवस्थापन समिति गठन गरेको हो ।
प्रादेशिक कोभिड संकट व्यवस्थापन समितिको आजको बैठकले पछिल्लो समय प्रदेशका अक्सिजन प्लान्टबाट बाहिर ग्यास पठाइएका हुँदा अभाव देखिएकाले उक्त समस्या समाधान गर्न मन्त्री यादवका अध्यक्षतामा सुरक्षा निकायका प्रमुख रहने गरी समिति गठन गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री लालबाबु राउतका अध्यक्षतामा सम्पन्न पिसिसिएमसीको बैठकले कोरोना संक्रमितको उपचार भइरहेको प्रदेशका सरकारी तथा निजी अस्पतालको अनुगमनका लागि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा रामकेवल साहका अध्यक्षतामा विज्ञ समूह गठनसमेत गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…