न्यूज ब्यूरोका कार्यकारी सम्पादक यादवलाई पितृशोक
युवाअवस्थादेखि नै नेपाली काँग्रेसमा लागेका उनको मृत्यूपछि एक कुशल नेता गुमाएको धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डले बताए ।

२०७८ जेठ २ आइतबार, राति ९:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुधाम । त्रिनेत्र न्यूज नेटवर्क जनकपुरद्धारा सँचालित मधेशको डिजिटल पत्रिका न्यूज ब्यूरोका कार्यकारी सम्पादक विनय कुमार यादवलाई पितृशोक परेको छ ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ५ बस्ने कार्यकारी सम्पादक यादवको ६५ बर्षिय बुवा श्रीकृष्ण यादवको अल्पायूमै मृत्यू भएको हो । उनको फोक्सोमा समस्या देखिएको थियो ।
गत बैशाख १८ गतेदेखि नै अस्वस्थ्य भएका यादवको २१ गते जनकपुरस्थित गोदाबरी हस्पिलटमा उपचार गरिएको थियो । फोक्सोको समस्या झन जटिल बन्दै गएपछि उनलाई सिरहाको कर्जन्हास्थित फूलकुमारी मेमोरियल हस्पिटलमा भर्ना गरिएको थियो ।
फोक्सोमा निमोनियाको लक्षण देखिएको उनको अवस्थामा २ दिनसम्म सुधार भएपनि आईतबार साँझ ७ बजेर ४१ मिनेटमा उपचारको क्रममा उनको मृत्यू भएको चिकित्सकले घोषणा गरेको हो ।
पत्रकार यादवका बुवा श्रीकृष्ण यादव नेपाली काँग्रेसका नगर नेता समेत रहेका थिए । युवाअवस्थादेखि नै नेपाली काँग्रेसमा लागेका उनको मृत्यूपछि एक कुशल नेता गुमाएको धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डले बताए । उनले परिवारप्रति शोक व्यक्त गरे ।
यादव धनुषाधाम नगरपालिका वडा नम्बर ५ स्थित नव निर्मित समुदायिक विद्यालय बजरँग राष्ट्रिय प्राथमिक विद्यालयका नव नियुक्त र प्रथम अध्यक्षको रुपमा चयन भएका थिए । सँस्थापक अध्यक्षको रुपमा सर्व सहमतिले चयन भएका थिए ।
रामायण र महाभारतको ज्ञानमा समेत कुशल मानिएका उनलाई गाउँमा उच्च दर्जाका साथ सम्मान दिइन्थ्यो । उनको मृत्यूपछि गाउँलेहरु एक अभिभावक गुमाएको पीडा सुनाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…