कोरोना महामारीमा सँजीवनी बन्दै जनकपुरको क्लोथ बैँक
क्लोथ बैँकका उपाध्यक्ष पुरन गुप्ताका अनुसार, जतिसुकै बेला फोन मार्फत सम्पर्क गरी आवश्यक व्यक्तिलाई अक्सिजन उपलब्ध हुने दाबी गरे ।

२०७८ बैशाख २९ बुधबार, बेलुकी ६:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । समाजिक सेवागत सँस्था क्लोथ बैँक जनकपुर अहिले कोरोनाको महामारीमा सँजीवनी बुटी झै भूमिका निर्वाह गरिरहेको छ ।
जनकपुरधामस्थित सँचालनमा रहेको क्लोथ बैँकले कोभिड महामारीमा कोरोनाका विरामीहरुको लागि सँजीवनीको रुपमा भूमिका निर्वाह गरिरहेको छ ।
जनकपुर सहित आसपासको क्षेत्रमा अहिले अक्सिजनको कमीले कोरोना विरामीहरुलाई बित्यास भएको बेला क्लोथ बैँकले उनीहरुको लागि सँजीवनी प्रदान गरेझैं काम गरिरहेको छ ।
विभिन्न ठाउँहरुबाट दाताहरुबाट अक्सिजन सिलिण्डर सँकलन गरी जरुरतमन्द व्यक्तिहरुलाई जतिसुकै बेला पनि अक्सिजन उपलब्ध गराउने पहिलो सँस्थाको रुपमा भूमिका निर्वाह गरिरहेको छ ।
क्लोथ बैँकका अध्यक्ष राजीव झाका अनुसार, २४ सै घण्टा सेवाको लागि तत्पर रहेकोले सुत्ने समय पनि केही दिन देखि नपाएको बताए । उनले भने, –“रातीको समयमा अक्सीजनको कमी बढी हुने गरेको छ, रातीमा २ बजे, ३ बजे पनि फोन आएपछि उठेर अक्सिजन सिलिण्डर दिने गरेका छौं ।”
क्लोथ बैँकको अक्सिजनका कारण दर्जन बढी व्यक्तिहरुको ज्यान जोगिएको बताउँदै अध्यक्ष झाले अहिले कोभिडको विरामी बढदै जाँदा अपेक्षाकृत रुपमा अक्सीजन सिलिण्डर पाउन कठिनाई भएकोले सहयोग गर्न दाताहरुमा आग्रह गरे ।
परेको जतिसुकै बेला पनि क्लोथ बैँकका पदाधिकारी तथा सेवकहरु तयार रहेको बताउँदै अध्यक्ष झाले क्लोथ बैँक नागरिक सेवाको लागि सदैत तत्पर रहने जिकिर गरे ।
विभिन्न समयमा प्राकृति प्रकोपको बेला गाउँ गाउँ पुगेर कपडादेखि लिएर खाद्यान्नसम्म सहयोग गर्दै आएको क्लोथ बैँक जनकपुरले जनकपुरवासीको लागि सँजीवनीको रुपमा भूमिका निर्वाह गरिरहेको छ ।
क्लोथ बैँकका उपाध्यक्ष पुरन गुप्ताका अनुसार, जतिसुकै बेला फोन मार्फत सम्पर्क गरी आवश्यक व्यक्तिलाई अक्सिजन उपलब्ध हुने दाबी गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…