कमला नगरपालिकाको लक्कडमा कोरोनाले एकको मृत्यू, घरको पाँच जनामा पनि कोरोना
सोही क्रममा नगर प्रमुख गोईतले टोलमा कोरोना पोजिटिभ व्यक्तिहरु भएकोले आ–आफ्नो घरमा बस्न तथा जथाभावी घुमफिर नगर्न टोलवासीलाई आग्रह गरेका छन् ।

२०७८ बैशाख २९ बुधबार, बिहान ७:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । प्रदेश २ को धनुषा जिल्लाको कमला नगरपालिकास्थित एकै परिवारको पाँच जना कोरोनाबाट सँक्रमित भएका छन् भने एक सदस्यको कोरोनाबाट मृत्यू पनि भएको छ ।
कमला नगरपालिका वडा नम्बर ५ लक्कड टोलस्थित एकै परिवारमा ८ सदस्यमध्ये एक जनाको मृत्यू भएको छ भने अन्य ५ जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको हो ।
कमला नगरपालिकाका स्वास्थ्य सँयोजक सत्यनारायण ठाकुरका अनुसार लक्कड स्थित गत बैशाख २५ गते ५० बर्षिय पुरुषको मृत्यू भएको थियो । उनकै परिवारमा बच्चादेखि व्यसकसम्मलाई कोरोना पोजिटिभ देखिएको हो ।
मृतकको परिवारका सदस्यहरुमध्ये ७ महिने बच्चा, १७ महिने बच्चा सहित २७ बर्ष, २४ बर्षिय, २२ बर्षिय गरी ५ जनामा कोरोना पुष्टि भएको हो । पुरुषको मृत्यूपछि उनको परिवारजनमा गरिएको पिसिआर टेष्टको क्रममा पाँच जनाको रिपोर्ट पोजिटिभ आएको हो । सोही परिवारको दुई जनाको रिपोर्ट भने नेगेटिभ आएको हो ।
स्थानीयहरुका अनुसार, कोरोना पोजिटिभ आएका व्यक्तिहरु यसअघि विभिन्न ठाउँमा स्थानीयहरुसँग सम्पर्कमा रहेका थिए । उनीहरुको कोरोना रिपोर्ट आउनुभन्दा अघि त्यो टोलका दर्जनौ व्यक्तिहरुसँग सम्पर्कमा आएको बताएका छन् ।
उनीहरुको हरकत बढेपछि कमला नगरपालिकाका मेयर राम उदगार गोईतले होम आईसोलेशनमा बस्नको लागि निर्देशन दिएको तथा वडाध्यक्ष शिवा पासावनले समेत उनीहरुलाई घरभित्रै आईसोलेट हुन कडा निर्देशन दिएको बताइएको छ ।
सोही क्रममा नगर प्रमुख गोईतले टोलमा कोरोना पोजिटिभ व्यक्तिहरु भएकोले आ–आफ्नो घरमा बस्न तथा जथाभावी घुमफिर नगर्न टोलवासीलाई आग्रह गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…