मधेश सरकारले थप ५० हजार भिटिएम र रिएजेण्ट खरिद गर्दै
अक्सिजनको आभावलाई मध्य नजर गर्दै केन्द्र सरकार संग तत्काल ४ हजार अक्सीजन सिलिण्डर मांग गर्ने निर्णय समेत गरेको छ ।

२०७८ बैशाख २८ मंगलबार, बेलुकी ५:५६ बजे१ मिनेट पढाइ

बिनय कुमार यादव, जनकपुरधाम । प्रादेशिक कोरोना भारइरस व्यवस्थापन समितिले थप ५० हजार भिटिएम र रिएजेण्ट खरिद गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री लालबाबु राउतले आइतवार र सोमवार प्रदेश स्थित सबै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, अस्पताल रहेका पालिकाका प्रमुखहरु र प्रमुख जिल्ला अधिकारीहरु संग गरेको भर्चुअल छलफलको आधारमा मँगलबार सम्पन्न पिसिसिएमसीको बैठकले थप भिटिएम र रिएजेण्ट खरिद गर्ने निर्णय गरेको छ।
बढदै गएको कोरोना संक्रमणलाई नियन्त्रणमा लिन परिक्षणको दायरालाई बढाउन उक्त भिटिएम र रिएजेण्ट खरिद गर्ने निर्णय गरिएको हो ।
बैठकले प्रदेशमा हुन सक्ने अक्सिजनको आभावलाई मध्य नजर गर्दै केन्द्र सरकार संग तत्काल ४ हजार अक्सीजन सिलिण्डर मांग गर्ने निर्णय समेत गरेको छ ।
त्यसै गरि होम आइसोलेशनमा रहेका संक्रमितहरुको हेरचाहका लागि स्थानीय तहहरु संग समन्वय गर्ने निर्णय समेत गरेको छ भने जिल्ला जनस्वास्थ्यको समन्वयमा प्रत्येक अस्पतालमा हेल्थ डेस्क स्थापना गर्ने निर्णय समेत बैठकले गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…