कोरोनाको लक्षण देखिएको एक पुरुषको मृत्यू, हेर्नलाई छिमेकीहरुको भीड
कोरोनाको लक्षण देखिएको केही व्यक्तिहरुले जानकारी गराएपनि छिमेकीहरुले भने भीड लगाएर उनलाई हेर्न गएको बताइएको छ ।

२०७८ बैशाख २८ मंगलबार, बिहान ८:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को महोत्तरी जिल्लास्थित एक पुरुषको शँकास्पद मृत्यू भएको छ । उनलाई कोरोनाको लक्षण देखिएको स्थानीयहरुले जनाएका छन् ।
महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका वडा नम्बर २ उत्तरवारी टोलस्थित एक पुरुषको गएराती नै स्वासप्रश्वासमा समस्या देखिएपछि मृत्यू भएको वडाध्यक्ष गँगाराम यादवले जनाए ।
वडाध्यक्ष यादवका अनुसार, उनलाई गत एक सातादेखि निरन्तर ज्वरो आएको र गएराती करिब ९ बजेतिर स्वासप्रश्वासमा समस्या देखिएपछि नजिककै एक क्लिनिकमा लगिएको थियो । त्यहाँ उपचार नभएपछि घरमा ल्याउँदा उनको मृत्यू भएको हो ।
लगातार ज्वरो आएपनि उनलाई भूतप्रेतले सताएको भनेर स्थानीयहरुले त्यतिको ध्यान दिएका थिएनन् । राती स्वास लिन दिक्कत भएका उनको मृत्यू भएपछि छिमेकीहरु हेर्न गएका हुन् ।
कोरोनाको लक्षण देखिएको केही व्यक्तिहरुले जानकारी गराएपनि छिमेकीहरुले भने भीड लगाएर उनलाई हेर्न गएको बताइएको छ । उनको अन्तिम सँस्कारको लागि पनि अहिले नै लगेको बताइएको छ ।
यद्यपी, उनको लक्षण त्यस्तो देखिएपनि अधिकारिक रुपमा चेकजाँच नहुँदा उनको कोरोनाबाटै मृत्यू भएको भनेर यकिन गर्न नसिकएको स्थानीय रामविश्वास यादवले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…