गाउँपालिका अध्यक्ष यादवको गुण्डाशैली, कार्यालयको सिसिटिभी क्यामरा फुटाएर फाईलमा साइन
अध्यक्षले प्रयोग गरेको शब्द र देखाइएको ज्यादती क्यामरामा कैद नहोस् भनेर उनले फुटाएको बताएका छन् ।

२०७८ बैशाख २७ सोमबार, बिहान ८:३० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को धनुषा जिल्लास्थित एक गाउँपालिका अध्यक्षले गुण्डाशैलीमा फाइलमा हस्ताक्षर गर्न लगाएको आरोप लगाइएको छ ।
धनुषाको औरही गाउँपालिकाको अध्यक्ष ब्रह्म देव यादवले आफ्नै कार्यलयका प्रमुख प्रशासकीय अधिकृत सुबोध ठाकुरलाई धाकधम्की तथा गालीगलोज गरेको आरोप लागेको हो ।
उपभोक्ता समितिको फाइलमा प्रक्रिया नपुगेको हुनाले भुक्तानीको लागि हस्ताक्षर गर्न नमिल्ने भन्दा अध्यक्ष यादव र अधिकृत ठाकुर बीच विवाद भएको बताइएको छ ।
वडा नम्बर २ र ६ का उपभोक्ता समिति मार्फत गरेको गरेको कामको फाइलमा वडा अनुगमन प्रतिवेदनमा वडा कार्यसमितिको हस्ताक्षर नभएकोले भुक्तानीको लागि सिफारिस गर्न नमिल्ने भँन्दा अध्यक्ष यादवले अधिकृत ठाकुरलाई धाकधम्की देखाएर जबर्जस्ती हस्ताक्षर गर्न लगाइएको आरोप अधिकृत ठाकुरको छ।
“५–७ वटा योजनाको समितिको सदस्यहरु र गाउँपालिकाको अध्यक्ष आइतबार मेरो कोठामा आए र उक्त फाइलमा साइन गर्न लगाए मैले फाइल पल्टाएर हेरे त्यसमा वडाको अनुगमन प्रतिवेदनमा हस्ताक्षर थिएन, त्यसले मैले पहिला यसमा वडा कार्यसमितिको हस्ताक्षर गराएर ल्याउनुस त्यसपछि मैले साइन गरेर लेखामा पठाउछु, त्यतिकैमा गाउँपालिका अध्यक्ष आक्रोशित भएर धाकधम्की दिन थाले र कार्यालयको सिसिटिभी क्यामेरा फुटाए ।”– अधिकृत ठाकुरले भने ।
अधिकृत ठाकुर बस्ने कार्यकक्षमा आएर अध्यक्ष यादवले कार्यालयमा जडान भएको सिसिटिभी क्यामरा फुटाएदिएर गालीगलोज गर्न थालेको आरोप ठाकुरको छ । अध्यक्षले प्रयोग गरेको शब्द र देखाइएको ज्यादती क्यामरामा कैद नहोस् भनेर उनले फुटाएको बताएका छन् ।
उनले भने,–“शायद मैले संयमता अपनाइएको भए ठुलो विवाद हुन्थ्यो तर मैले संयम भएर अध्यक्ष जीले जहाँ जहाँ भने मैले त्यहाँ साइन गरे” त्यसपछि इलाका प्रहरी कार्यलय औरहीका प्रहरी आएपछि सबै फाइल प्रहरीलाई जिम्मा लगाएको बताए ।
यता, गाउँपालिका अध्यक्षले अधिकृतसँग कुनै विवाद नभएको प्रतिक्रिया दिएका छन् । ५–७ वटा योजनाको करिब ६० लाख भुक्तानी बाँकी रहेको सोही भुक्तानीको लागि हाकिमलाई आग्रह गर्दा हाकिमले आनाकानी गर्दा सामान्य भनाभन भएको गाउँपालिकाको अध्यक्ष ब्रह्मदेव यादवले दाबी गरे ।
सो क्रममा इलाका प्रहरी कार्यालय औरहीले भने समान्य भनाभन र समान्य विवाद मात्र भएको बताएको छ । अधिकृत र अध्यक्षबीच धक्कामुक्की समेत भएको प्रश्नमा प्रहरीले त्यस्तो केही नभएको जवाफ दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…