अस्पताल र मधेश सरकारको निकम्मापनः कोभिड सँक्रमितको लागि नीजि सँस्थाबाट खाना माग
एक तर्फ प्रदेश सरकारले कोभिडको लागि सबै तयारी पूर्ण रहेको दाबी गरिरहँदा यस्तो निवेदनले प्रदेश सरकारको चरित्र पनि उदाँगो गरिएको हो ।

२०७८ बैशाख २६ आइतबार, बिहान ७:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित रहेको प्रादेशिक अस्पतालले कोभिड सँक्रमित विरामीको लागि नीजी सँस्थासँग खाना मागेपछी चौतर्फी आलोचना भएको छ ।
प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवले प्रादेशिक अस्पतालमा उपचाररत कोभिड विरामीहरुको लागि नीजि सँस्था मारवाडी युवा मँचसँग खाना उपलब्ध गराउन माग गरेपछि चौतर्फी आलोचना गरिएको हो ।
अस्पतालमा सँचालनमा रहेको कोभिड विशेष अस्तपातलमा उपचाररत विरामीहरुको लागि अस्पतालले खाना माग गरेको हो । सँस्थालाई निवेदन लेखेर अस्पताल प्रशासनले खाना उपलब्ध गराउन माग गरेपछि प्रदेश सरकारको असली रुप उदाँगो भएको हो ।

अस्पतालमा उपचाररत कोभिड विरामीहरुको लािग समेत खाना उपलब्ध गराउन नसक्ने प्रदेश सरकारको कुनै काम नरहेको नागरिकहरुको प्रतिक्रिया छ । एक तर्फ प्रदेश सरकारले कोभिडको लागि सबै तयारी पूर्ण रहेको दाबी गरिरहँदा यस्तो निवेदनले प्रदेश सरकारको चरित्र पनि उदाँगो गरिएको हो ।
यो निवेदन प्रादेशिक अस्पतालले गरेपनि प्रदेश २ को समाजिक विकासमन्त्री नवल किशोर साहको दुदर्शीता र कार्य सम्पादनप्रति पनि प्रश्न चिन्ह उठेको छ ।
यस सन्दर्भमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवसँग सम्पर्क गर्दा सम्पर्क भने हुन सकेनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…