बिडी कलेजका प्रमुख साहको पुतला दहन
बिनय यादव, मिर्चैया, २० फागुन । ब्रम्हचारी दामोदरानन्द कलेज मिर्चैयाका विद्यार्थीहरुले कलेजका प्रमुख संजय साहको पुतला गरेको छ । नियमित रुपमा पठनपाठनको माँग गर्दै गत माघ २४ गते विद्यार्थीहरुले गरेको तालाबन्दीलाई कलेज प्रमुख साहले ठट्टा सम्झेपछि आज (आइतबार) कलेज प्रमुखको पुतला दहन गरिएको तालाबन्दी तथा

२०७४ फागुन २० आइतबार, बिहान १०:३५ बजे१ मिनेट पढाइ

बिनय यादव, मिर्चैया, २० फागुन । ब्रम्हचारी दामोदरानन्द कलेज मिर्चैयाका विद्यार्थीहरुले कलेजका प्रमुख संजय साहको पुतला गरेको छ ।
नियमित रुपमा पठनपाठनको माँग गर्दै गत माघ २४ गते विद्यार्थीहरुले गरेको तालाबन्दीलाई कलेज प्रमुख साहले ठट्टा सम्झेपछि आज (आइतबार) कलेज प्रमुखको पुतला दहन गरिएको तालाबन्दी तथा पुतला दहन कार्यक्रमका अगुवा विद्यार्थी लक्ष्मेश्वर कापरले बताए ।
पठनपाठन लामो समयदेखि नियमित रुपमा संचालन नभएको भन्दै पटक–पटक कलेज प्रशासनलाई जानकारी गराएपनि कुनै सुनुवाई नगेरेको विद्यार्थीहरुको आरोप छ । कलेजका प्रमुख साहले एकलौटी रुपमा कलेज संचालन गरी बिद्यार्थीको भबिष्यमाथी खेलबाड गरिरहको सो कलेजमा अध्ययनरत बिद्यार्थी रबिन साहले आरोप लगाए ।
आफुहरुले लामो समयदेखि कलेजको शैक्षिक, आर्थिक, ब्यबस्थापकीय सुधारको माँग गरेपनि कलेज प्रशासनले कुनै प्रकारको चासो नदिइरहेको अर्का विद्यार्थी नितेश रायले गुनासो पोखे । कलेज प्रशासनको लापरवाहीका कारण बिषयगत शिक्षक बिना नै आफुहरुलाई अध्ययन गर्न बाध्य बनाएको उनीहरुको आरोप रहेका छन् । कलेजले माँग पुरा नगरेसम्म गत माघ २४ देखी गरिएको तालाबन्दी जारी नै रहने बिद्यार्थी लक्ष्मेश्बर कापरले चेताबनी दिएका हुन् ।
कलेजले आफुखुसी बिना बिज्ञापन शिक्षक भर्ना, त्रिबि नियम बिपरित मनोमानी ढंगले शुल्क बृद्धि र बिषयगत शिक्षक नराखेको जस्ता काम गर्ने गरेको बिद्यार्थीहरुको आरोप रहेका छन् ।
प्रमुख साहको लापरवाहीको कारणले कलेजको अबस्था दिनानुदिन खस्किदै गएको भन्दै बिद्यार्थीहरुले पटकपटक तालाबन्दी गर्दै आइरहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…