उदयपुरमा पनि आजदेखि निषेधाज्ञा
बिहीबार प्रजिअसहित सुरक्षा प्रमुख, राजनीतिक दल, स्थानीय पालिकाका जनप्रतिनिधिसहित बसेको डिसीसीएमसीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

२०७८ बैशाख २४ शुक्रबार, बिहान ८:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, उदयपुर । दोस्रो चरणको कोरोना सङ्क्रमण तीव्ररूपमा फैलिँदै जान थालेपछि जिल्लावासी जनताको हितलाई ध्यानमा राखेर उदयपुर जिल्ला प्रशासनले आजदेखि वैशाख मसान्तसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार निषेधाज्ञा जारी भएपछि प्रत्येक दिन बिहान ६ देखि १० बजेसम्म मात्र निश्चित दैनिक उपभोग्य वस्तुको पसल खुल्ने र बाँकी समय सबै पसल बन्द गर्ने निर्णय भएको छ ।
प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईँले एम्बुलेन्स, प्रहरी, सुरक्षाकर्मीको सवारी साधनबाहेक अन्य सबै सम्पूर्ण सवारी साधनसमेत सञ्चालनमा रोक लगाइएको बताए ।
पत्रकार तथा सञ्चारकर्मीले भने सूचना विभागको परिचयपत्र वा सम्बन्धित मिडियाहाउसको परिचयपत्र लिएर समाचार सङ्कलनमा निस्कन सक्नेछन् भने विवाह १५ जनासम्म जन्ती भेला हुन पाइनेछ ।
बिहीबार प्रजिअसहित सुरक्षा प्रमुख, राजनीतिक दल, स्थानीय पालिकाका जनप्रतिनिधिसहित बसेको डिसीसीएमसीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…