मधेसी मूलका नेपालीले मनाए कत्तारमा होली
न्यूज ब्यूरो || कत्तार डेस्क, १९ फागुन । सँसारभरि छरिएर रहेका मधेसी मूलका नेपालीहरुको छाता सँगठन गैर आवासीय मधेसी संघ कत्तार च्याप्टरले होली पर्व धुमधामले मनाएको छ । हर्षोल्लास र उमँगको पर्व रँगअबिरको पर्व होलीको अवसरमा मधेसी मूलका नेपालीहरुले एकजुट भई खाडी मूलुक कत्तारमा आज होली पर्व सँगै रँग अविर

२०७४ फागुन १९ शनिबार, राति ८:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
कत्तार डेस्क, १९ फागुन । सँसारभरि छरिएर रहेका मधेसी मूलका नेपालीहरुको छाता सँगठन गैर आवासीय मधेसी संघ कत्तार च्याप्टरले होली पर्व धुमधामले मनाएको छ ।
हर्षोल्लास र उमँगको पर्व रँगअबिरको पर्व होलीको अवसरमा मधेसी मूलका नेपालीहरुले एकजुट भई खाडी मूलुक कत्तारमा आज होली पर्व सँगै रँग अविर दलेर मनाएको छ ।
सँघको आयोजनामा सम्पन्न भएको होली समारोहमा एकजुट भएका मधेसीहरुले एक आपसमा रँग अबिर दलेर शुभकामना आदानप्रदान गरेका छन् ।
दुई मुटुलाई जोडने पर्वको रुपमा मनाउने होलीमा सबै एकजुट भएर देशको लागि काम गर्ने प्रतिवद्धता उनीहरुले गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…