आजदेखि जनकपुर सहित धनुषाभरि निषेधाज्ञा, जनकपुर सुनसान
निर्माण समाग्री सम्बन्धी पसलहरु समेत स्वास्थ्य प्रोटोकल मिलाएर सोही समयमा खौलन सकिने बताइएको छ ।

२०७८ बैशाख २१ मंगलबार, बिहान ६:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कोरोना महामारीलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले आजदेखि जनकपुरधाम सहित धनुषाभरि निषेधाज्ञा लगाएको छ ।
मँगलबार बिहान ६ बजेदेखि नै लागू हुने गरी लगाएको निषेधाज्ञाका कारण आम सर्वसाधारणहरुको आवागमन भने देखिएको छैनन् । बिहानैदेखि बर्षा समेत भइरहेको कारण निषेधाज्ञाको पहिलो दिन जनकपुर बजार सुनसान देखिएको छ ।
जिल्ला विपद व्यवथापन समितिको बैठकबाट आईतबार गरिएको निर्णय अनुसार, बिना कामको बाहिर निस्कन नपाउने भएको छ । अत्यावश्यक कार्य बाहेक सडकमा हिलडुल गर्न नस्कने निर्णय गरिएको हो ।
धनुषाको १७ वटै स्थानिय तहको प्रमुखहरुसँगको बैठकमा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोलाले औषधी उपचार बाहेक अन्य कार्यको लागि बाहिर ननिस्कन आम नागरिकसँग् आग्रह गरेका हुन ।
यस्तै जनकपुरको सपिँग मल, पसल, सिनेमा, सैलुन, लज, पार्टी प्यालेस, स्वीमिँग पुल, होटल, हाटबार, जीमखाना, मनोरँज स्थल, ब्यूटिपार्लर समेत बन्द गर्न निर्देशन दिएको हो ।
यस्तै, सुरक्षा निकाय गाडी, औषधी बोक्ने गाडी, खाद्यान्न बोक्ने गाडी, दुधजन्य गाडी, पशुपँक्षीको दानाजन्य गाडी, इन्टरनेट सेवा प्रदायक गाडीहरु सहित कामदारलाई भने स्वास्थ्य मापदण्ड अपनाएर सँचालन गर्न सकिने निर्णय गरिएको हो ।
यस्तै, खाना पकाउने ग्यास सहित पसलहरु भने विहान ६ बजेदेखि ९ बजेसम्म खोल्न पाइने निर्णय गरेको हो । निर्माण समाग्री सम्बन्धी पसलहरु समेत स्वास्थ्य प्रोटोकल मिलाएर सोही समयमा खौलन सकिने बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…