पार्किँग गरेको कारमा ३ बालकको लास !

यसैबीच प्रनाउ सिंहका अनुसार कार धनी यादवप्रसाद गैरे रहेको पत्ता लागेको छ। उनलाई अनुसन्धानका लागि झिकाइएको प्रनाउ सिंहले बताए।

२०७८ बैशाख १९ आइतबार
बिहान ०८:५० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, दाँग । दाँगको तुलसीपुर उपमहानगरपालिका–६ स्याउली बजार नजिक भारतीय नम्बर प्लेटको कार तीन बालकको शव फेला परेको छ।

भारतीय नम्बर प्लेट जे ०१ ६६ ०८८५ नम्बरको पार्किङ गरेर राखिएको निशान कारभित्र तीन बालकको शव भेटिएको हो। शव रहेको खबर पाएसँगै ईलाका प्रहरी कार्यालय तुलसीपुरको टोली घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए।

उनीहरू सबै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बरूवा गाउँका हुन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार कारभित्र मृत भेटिएका स्थानीय किरण परियारका छोरा ६ वर्षीय करण परियार तथा स्थानीय सन्तोष परियारका छोरा ७ वर्षीय सुवास भनिने सुवर्ण परियार र सोही ठाउँका स्थानीय भीमबहादुर परियारका छोरा ९ वर्षीय सन्दिप परियार हुन्।

प्रनाउ सिंहका अनुसार सोही स्थानमा अर्को गाडी पार्किङ गर्न राख्ने क्रममा शव गन्हाएको थाहा पाएपछि हेर्दा मृत शिशु रहेको पाइएको हो । 

मृतकमध्ये दुई  दाजुभाइका छोरा रहेको खुलेको छ। शवलाई परीक्षणका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लगिएको छ। शवको परीक्षण कहाँ गर्ने भन्ने यकिन भइसकेको छैन।

अभिभावकहरूले आफ्ना छोराहरू वैशाख १६ गतेदेखि हराइरहेको बताएका छन्। उनीहरूले १७ गते प्रहरी कार्यालयमा छोराहरू खोजिदिन निवेदन पनि दिएका थिए।

तीन बालकको शव एकै कारभित्र फेला परे पनि घटनाबारे अहिलेसम्म प्रहरीले पत्ता लगाउन सकेको छैन। घटना कसले र किन गर्‍यो भन्ने अनुसन्धानकै क्रममा छ।

यसैबीच प्रनाउ सिंहका अनुसार कार धनी यादवप्रसाद गैरे रहेको पत्ता लागेको छ। उनलाई अनुसन्धानका लागि झिकाइएको प्रनाउ सिंहले बताए।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%

Bureau Menus