जनकपुरमा जसपाको उत्सव 

२०७८ बैशाख १६ बिहीबार
बेलुकी ७:५५ बजे
न्यूज ब्यूरो, डेस्क
तस्विर: Rajnish Sah

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामस्थित जनता समाजवादी पार्टी (जसपा) नेपालले उत्सव मनाएको छ । 

नेपाल सरकारले मधेश आन्दोलनको क्रममा लागेका मुद्दाहरु खारेजपछि जसपाले सोही खुसीयालीमा दीप प्रज्वलन गरी उत्सव मनाएको हो । 

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ रेल्वे स्टेशन प्राँगनमा जसपाका युवा नेताहरुले मुद्दा खारेजको खुसीयालीमा दीप प्रज्वलन गरेको हो । 

जसपाका अध्यक्षव महन्थ ठाकुर एवम् रिष्ठ नेता राजेन्द्र महतोको प्रयासमा प्रथम मधेश आन्दोलन र दोस्रो मधेश आन्दोलनको क्रममा लागेको विभिन्न मुद्दाहरु वर्तमान सरकारबाट खारेज गराउन सफल भएको भन्दै उनीहरुलाई यश दिँदै दीप प्रज्वलन गरिएको जसपा युवा नेता रजनीश साहले जानकारी दिए । 

दीप प्रज्वलन गर्दै युवाहरुले १२० जनाको मुद्दा फिर्ताको क्रममा रेशम चौधरीको मुद्दा फिर्ता नभएपनि उनको मुद्दा खारेजको लागि र रिहाईको लागि नेता ठाकुर र महतो अथक प्रयासमा रहेको बताएका थिए । 

जसपाका केन्द्रीय सदस्य सँजय कुमार साह र युवा नेता हनुमान यादवको विशेष पहलमा स्टेशनस्थित दीप प्रज्वलन गरी खुसीयाली मनाएको हो । सो क्रममा जसपा निकट युवाहरुले दीप प्रज्वलन गरेका थिए । 

दीप प्रज्वलन कार्यक्रममा जसपाका युवा नेता मनोज कुमार साह, किशन साह, सँतोष कारक, सँजीप मण्डल लगायतका जसपा निकट युवाहरुको उपस्थिति रहेको थियो । 

  • 0%
  • 14%
  • 0%
  • 0%
  • 14%
  • 0%

जनकपुर रेल्वेमा नोकरी, यसरी भर्नुहोस अनलाईन फारम (सबै तरिका सहित)

  • २०७८ बैशाख १६ बिहीबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल रेल्वे कम्पनी लिमिटेडले माग गरेको विभिन्न पदको लागि अनलाईन आवेदन समेत माग गरेको छ ।  प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरमा रहेको केन्द्रीय कार्यालयले माग

पूरा पढ्नुहोस्

Bureau Menus