वीरगँजमा पुनः दुई कोरोना सङ्क्रमितको मृत्यु, भोलीदेखि निषेधाज्ञा

सोही क्रममा भोलीदेखि वीरगँज सहित पर्सा जिल्लाभरि निषेधाज्ञा लगाउने तयारी स्थानीय प्रशासनको रहेको छ ।

२०७८ बैशाख १५ बुधबार
बेलुकी ५:१८ बजे
न्यूज ब्यूरो, डेस्क
फाईल तस्विर

न्यूज ब्यूरो, वीरगँज । वीरगञ्जको नारायणी अस्पतालमा उपचार गराइरहेका दुई कोरोना सङ्क्रमितको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ ।

 कडा निमोनिया र श्वासप्रश्वासमा समस्या रहेका सर्लाहीको दङ्गाहा–४ निवासी ४३ वर्षीय पुरुष र बाराको शवर्ण नगरपालिका–७ निवासी ३० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
     
निमोनिया र उच्च ज्वरो रहेका पुरुषको १ः४५ र महिलाको १२ः१५ बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोज रोशन दासले जानकारी दिए। 

उनले वैशाख १४ गते अस्पताल भर्ना भएका पुरुषको सोही दिन पिसिआर विधिबाट परीक्षण गर्दा उनमा सङ्क्रमण पुष्टि भएको थियो भने १३ गते अस्पताल भर्ना भएकी महिलाको सोही एन्टिजेन परीक्षण गर्दा सङ्क्रमित भएको पत्ता लागेको बताए ।

बितेको तीन दिनभित्र नारायणी तथा नारायणी बयोधा अस्पतालमा उपचारत ११ जना सङ्क्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

सोही क्रममा भोलीदेखि वीरगँज सहित पर्सा जिल्लाभरि निषेधाज्ञा लगाउने तयारी स्थानीय प्रशासनको रहेको छ । वर्तमान अवस्थालाई मध्यनजर गर्दै प्रशासनले निषेधाज्ञा लगाउने भएको हो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०७८ बैशाख १५ बुधबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus