पत्रकारितामा मास्टर पढने ४ जनालाई Polygon College ले छात्रवृति दिने घोषणा
पोलिगन कलेजका प्रिन्सिपल अविरल थापा र नेपाल पत्रकार महासंघका अध्यक्ष विपल पोखरेलबीच मंगलबार छात्रवृत्ति सम्बन्धी सहमति पत्रमा हस्ताक्षर

२०७८ बैशाख १४ मंगलबार, राति ८:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । काठमान्डौँस्थित रहेको पोलिगन कलेजले पत्रकारिता (जर्नालिज्म) मा मास्टर डिग्री (स्नातकोत्तर) पढने ४ जना पत्रकारलाई हरेक बर्ष स्कोलरसिप दिने भएको छ ।
पत्रकारिता बिषयमा कलेजले नेपाल पत्रकार महासंघको सिफारिसमा अबदेखि हरेक बर्ष महिला, दलित, मधेशी समुदाय वा सीमान्तकृत समुदायका विद्यार्थीलाई छात्रवृति दिने घोषणा गरेको हो ।
पोलिगन कलेजका प्रिन्सिपल अविरल थापा र नेपाल पत्रकार महासंघका अध्यक्ष विपल पोखरेलबीच मंगलबार छात्रवृत्ति सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ ।
'सन् २०२१ को शैक्षिक सत्रबाट पोलिगन कलेजले महासंघको सिफारिसमा हरेक वर्ष ४ जना संचारकर्मीलाई आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर MA/ MCJ अध्ययनको लागि पूर्ण छात्रवृत्ति प्रदान गर्नेछु,' प्रिन्सिपल थापाले भने ।
महासंघले छात्रवृत्तिका लागि सिफारिस गर्ने पत्रकार महिला, मधेसी, दलित वा सीमान्तकृत समुदायको हुनुपर्ने सहमतिपत्रमा उल्लेख छ । महासंघले छात्रवृत्तिका लागि सिफारिस गर्ने चार जना पत्रकारले शतप्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछन् । इच्छुक र योग्य उम्मेदवारले नेपाल पत्रकार महासंघमा सम्पर्क गर्न सक्नेछन् ।
सन् २०१० मा काठमाडौंमा स्थापित पोलिगन कलेजले पूर्वाञ्चल विश्वविद्यालयसँगको सम्बन्धनमा आमसञ्चार र पत्रकारिता विषयमा स्नातकोत्तर तहको अध्ययन गराउँछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…