पत्रकारितामा मास्टर पढने ४ जनालाई Polygon College ले छात्रवृति दिने घोषणा

पोलिगन कलेजका प्रिन्सिपल अविरल थापा र नेपाल पत्रकार महासंघका अध्यक्ष विपल पोखरेलबीच मंगलबार छात्रवृत्ति सम्बन्धी सहमति पत्रमा हस्ताक्षर

२०७८ बैशाख १४ मंगलबार
रति ८:४१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । काठमान्डौँस्थित रहेको पोलिगन कलेजले पत्रकारिता (जर्नालिज्म) मा मास्टर डिग्री (स्नातकोत्तर) पढने ४ जना पत्रकारलाई हरेक बर्ष स्कोलरसिप दिने भएको छ । 

पत्रकारिता बिषयमा कलेजले नेपाल पत्रकार महासंघको सिफारिसमा अबदेखि हरेक बर्ष महिला, दलित, मधेशी समुदाय वा सीमान्तकृत समुदायका विद्यार्थीलाई छात्रवृति दिने घोषणा गरेको हो । 

पोलिगन कलेजका प्रिन्सिपल अविरल थापा र नेपाल पत्रकार महासंघका अध्यक्ष विपल पोखरेलबीच मंगलबार छात्रवृत्ति सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ ।

'सन् २०२१ को शैक्षिक सत्रबाट पोलिगन कलेजले महासंघको सिफारिसमा हरेक वर्ष ४ जना संचारकर्मीलाई आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर MA/ MCJ अध्ययनको लागि पूर्ण छात्रवृत्ति प्रदान गर्नेछु,' प्रिन्सिपल थापाले भने ।

महासंघले छात्रवृत्तिका लागि सिफारिस गर्ने पत्रकार महिला, मधेसी, दलित वा सीमान्तकृत समुदायको हुनुपर्ने सहमतिपत्रमा उल्लेख छ । महासंघले छात्रवृत्तिका लागि सिफारिस गर्ने चार जना पत्रकारले शतप्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछन् । इच्छुक र योग्य उम्मेदवारले नेपाल पत्रकार महासंघमा सम्पर्क गर्न सक्नेछन् ।

सन् २०१० मा काठमाडौंमा स्थापित पोलिगन कलेजले पूर्वाञ्चल विश्वविद्यालयसँगको सम्बन्धनमा आमसञ्चार र पत्रकारिता विषयमा स्नातकोत्तर तहको अध्ययन गराउँछ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०७८ बैशाख १४ मंगलबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus