जनकपुरमा थप एक विवाहमण्डप निर्माण हुँदै 

धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनीधिसभा सदस्य राजेन्द्र महतोको विशेष पहलमा सो विवाहमण्ड निर्माण हुन लागेको महतोका स्वकीय सचिव बिन्दकिशोर साह (किशोर गुरु) ले जानकारी दिए ।

२०७८ बैशाख १४ मंगलबार
बिहान १०:५१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । ऐतिहासिक एवम् धार्मिक शहर जनकपुरधामस्थित थप एक विवाहण्डप निर्माण हुने भएको छ । 

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ स्थित रहेको रामजानकी तेली कुट्टी मन्दिरमा विवाह मण्डप निर्माण हुने भएको हो । विवाह मण्डप निर्माणपछि विधिवत विवाह कार्यक्रमहरु गर्न सकिने जनाइएको छ । 

धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनीधिसभा सदस्य राजेन्द्र महतोको विशेष पहलमा सो विवाहमण्ड निर्माण हुन लागेको महतोका स्वकीय सचिव बिन्दकिशोर साह (किशोर गुरु) ले जानकारी दिए । 

मन्दिरमा विवाह मण्डप निर्माणको लागि प्रतिनीधि सदस्य एवम् पूर्व मन्त्री समेत रहेका महतोले विशेष पहल गरेको जनाइएको छ । विवाहमण्डप निर्माण हुने भएपछि स्थानीयहरु हर्षित भएका छन् । 

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साह, पूर्व राज्यमन्त्री अरबिन्द साह, जेष्ठ नागरिक तथा समाजसेवी काली साहद्धारा सँयुक्त रुपमा मँगलबार विवाहण्डपको शिलान्यास गरिएको हो । 

उक्त शिलान्यास कार्यक्रममा जसपा नेपालका केन्द्रीय सदस्य अनिल महासेठ, मनोज चौधरी, तेली कल्याण महासंघका केन्द्रीय उपाध्यक्ष जगदीश साह, राष्ट्रिय प्रध्यापक संघका केन्द्रीय उपाध्यक्ष डा. बिनोद साह, रामजानकी तेली कुट्टीका अध्यक्ष जिवछ साह, ई. शम्भु साह, लक्ष्मी साह वडा सदस्य नाजिर हुसेन, बिनोद साह, निरज साह (मुन्ना) लगायत विभिन्न पार्टीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

  • 13%
  • 0%
  • 13%
  • 13%
  • 0%
  • 0%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०७८ बैशाख १४ मंगलबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus