सिरहामा प्राइभेट स्कूलहरुले टेरेनन सिडिओ, सरकारी निर्णयलाई धज्जिया उठाउँदै स्कूल सँचालन

तर सो निर्णयलाई बेवास्ता गर्दै यस क्षेत्रका निजी विद्यालयहरुले बार्षिक शुल्क उठाउने बहानामा परीक्षा सञ्चालन गरिरहेका छन् ।

२०७८ बैशाख १३ सोमबार
बेलुकी ६:३६ बजे
सबिन यादव

न्यूज ब्यूरो, सिरहा । प्रदेश नम्बर २ को सिरहा जिल्लाका प्राइभेट स्कूलका सँचालकहरुले सरकारी निर्णयलाई धज्जिया उडाउँदै स्कूल सँचालनमा राखेका छन् । 

सिरहा जिल्लाको विभिन्न स्थानमा रहेको नीजि विद्यालयहरुले सिडिओको आदेशलाई अवज्ञा गरी अटेरी गर्दै विद्यालय अझै सँचालनमा राखेका छन् । स्थानीय प्रशासनले कोभिड १९ लाई मध्यनजर गर्दै तत्काल विद्यालयहरु बन्द गरी अनलाईन क्लास सँचालन गर्न निर्देशन दिएपनि स्कूलबालाहरुले अटेरी गरेका छन् । 

निजी विद्यालयहरुले वार्षिक शुल्क उठाउन सरकारी निर्णयलाई बेवास्ता गर्दै विद्यालय सञ्चालन गरिरहेका छन् ।

कोरोना संक्रमण बढदै गएपछि सरकारले निजि तथा सरकारी बिधालय बन्द गरन निर्देश दिएपनि स्वास्थ्य मापदण्डको पालना नै नगरी विद्यालय निर्वाध सँचालनमा राखेका छन् ।
कोरोना भाइरसको दोस्रो चरणको संक्रमण पुनः तिव्र गतिमा फैलिरहेको अवस्थालाई दृष्टिगत गर्दै नेपाल सरकार र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले विद्यालय तथा कलेजहरुलाई वैशाख १३ गते भित्र परीक्षा लिइसक्न र वैशाख मसान्तसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको थियो । 

तर सो निर्णयलाई बेवास्ता गर्दै यस क्षेत्रका निजी विद्यालयहरुले बार्षिक शुल्क उठाउने बहानामा परीक्षा सञ्चालन गरिरहेका छन् ।

छिमेकी मुलुक भारतमा कोरोनाको बिकराल रुप भएपछि सँगै रहेको नेपालको सीमा क्षेत्रमा यसका अधिक प्रभाव पर्ने भन्दै प्रशासनले बैशाख महिनाभरिसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको हो । कोरोनाको चेन तोडनको लागि केही दिन विद्यालय बन्द गर्न आग्रह गरेको हो । 

  • 85%
  • 4%
  • 0%
  • 2%
  • 0%
  • 4%

लोक तथा दोहोरी गीत प्रतिष्ठान धनुषामा गायक विश्वकर्मा 

  • २०७८ बैशाख १३ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । लोक तथा दोहोरी गीत प्रष्ठिान जिल्ला कार्य समिति धनुषाको ७ औं साधारणभा सम्पन्न भएको छ ।  प्रतिष्ठानको दशैं, दिपावली तथा छठको अवसर पारेर आयोजना गरेको चियापान कार्यक्रम

पूरा पढ्नुहोस्

Bureau Menus