तीव्र गतिको नतिजा

धनुषामा ट्रयाक्टरले ठक्कर दिँदा दुई किशोर गम्भिर, एकको अवस्था नाजुक !

अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय यदुकूहाको प्रहरी टोली पुगेका छन् भने घटनाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय यदुकूहाले जनाएको छ ।

२०७८ बैशाख १३ सोमबार
दिउसो १:५० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा आज दिउँसो ट्राक्टरले ठक्कर दिएपछि दुई जना किशोर गम्भिर घाईते भएका छन् । 

धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ५ बीरता टोल स्थित बाटोमा साईकल लिएर हिडदै गरेका दुई किशोरलाई पछाडीबाट आएको ट्रयाक्टरले ठक्कर दिएपछि उनीहरु गम्भिर घाईते भएको स्थानीयहरुले जनाएका छन् । 

घाईते हुनेहरुमा शहिदनगर नगरपालिका वडा नम्बर ५ बीरता बस्ने महेश्वर महराका अन्दाजी बर्ष १४ का छोरा भरत कुमार महरा र भारतको बिहार राज्य महिनाथपुर बस्ने अन्दाजी बर्ष १५ का सुभाष कुमार महरा रहेका छन् । सुभाष आफ्नो दिदीको बिहेपछि लोकनियाँ (बेहुलीसँगै भाई आउने परम्परा) आएका थिए । 

माबि महुलियामा अध्ययनरत भरत आज परीक्षा दिएर घर फर्किने क्रममा पछाडीबाट आएको प्रदेश २–०२–००१ त २७० नम्बरको ट्रयाक्टरले ठक्कर दिएपछि भरत महराको अवस्था नाजुक भएको हो । दुवै जनालाई उपचारको लागि प्रादेशिक अस्पताल लगिएको हो । 

अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय यदुकूहाको प्रहरी टोली पुगेका छन् भने घटनाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय यदुकूहाले जनाएको छ । अहिले ट्रयाक्टर प्रहरीको नियन्त्रणमा रहेको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 89%
  • 0%

'अनिल झा' लाई हिम्मत भए हाम्रो गाउँपालिका आओस : मुखिया 

  • २०७८ बैशाख १३ सोमबार

न्यूज ब्यूरो, रौतहट । प्रदेश नम्बर २ को रौतहट क्षेत्र नम्वर १ का संघिय साँसद अनिलकुमार झालाई एक गाउँपालिका अध्यक्षले खुल्ला चुनौति दिएका छन् ।    नेता झाले केही दिन अघि दिएको

पूरा पढ्नुहोस्

Bureau Menus