धनुषाको जनकनन्दिनी गाउँपालिकाको विद्यालयहरु पनि भोलीदेखि पूर्णरुपमा बन्द
न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकाभित्रको समुदायिक तथा नीजि विद्यालयहरुलाई भोली देखि अध्ययन अध्यापन बन्द गर्न निर्देशन दिएको छ । जनकनन्दिनी गाउँपालिकाले आईतबार एक सूचना जारी गर्दै गाउँपालिका भित्रको सबै समुदायिक तथा सँस्थागत विद्यालयहरु यस मसान्तसम्म बन्द गर्न भनिएको हो ।

२०७८ बैशाख १२ आइतबार, राति ९:०५ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकाभित्रको समुदायिक तथा नीजि विद्यालयहरुलाई भोली देखि अध्ययन अध्यापन बन्द गर्न निर्देशन दिएको छ ।
जनकनन्दिनी गाउँपालिकाले आईतबार एक सूचना जारी गर्दै गाउँपालिका भित्रको सबै समुदायिक तथा सँस्थागत विद्यालयहरु यस मसान्तसम्म बन्द गर्न भनिएको हो ।
जनकनन्दिनी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राम नरेश ठाकुरद्धारा हस्ताक्षरित सो सूचनामा कोरोना महामारीको रोकथामको लागि विपद व्यवस्थापनको निर्णय अनुसार सबै विद्यालयहरु बन्द गर्न निर्णय भएको बताइएको छ ।

जनकनन्दिनी गाउँपालिका नेपाल भारतको सीमा क्षेत्रमै पर्ने भएकोले कोरोनाको सँक्रमित बढने सम्भावना पनि उत्तिकै देखिएको छ । यसको लागि गाउँपालिकाले रोकथामको तयारी पूरा गरेको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…