९ बर्ष कैद र ५० हजार जरिवाना तोकिएका चमार ५ बर्षपछि पक्राउ
अदालतको फैसलाले अपहरण तथा शरीर बन्धक मुद्दामा ९ बर्ष कैद र ५० हजार जरिवाना तोकिएकोमा बुधन वारदात पश्चात फरार रहेका थिए ।

२०७८ बैशाख १२ आइतबार, दिउँसो ४:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । अपहरण मुद्दामा झण्डै ५ बर्षदेखि फरार रहेका एक प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा शरिर बन्धक तथा अपहरण मुद्दामा ९ बर्ष जेल र ५० हजार रुपैयाँ सजाय पाएका वीरगँज उपमहानगरपालिका वडा नं. २९ बस्ने बुधन चमारलाई पक्राउ गरिउको हो ।
गत २०७१ साल भदौ ६ गतेमा भारत विहार पूर्वी चम्पारण जिल्ला मोतिहारी रक्सौल नगरपरिषद वडा नं. २१ बस्ने बर्ष २१ को रितेश कुमारलाई अपहरण गरी फिरौती रकम माग गर्ने मध्येका चमारलाई प्रहरीले उनकै गाउँबाट पक्राउ गरेको हो ।
गत २०७३।०३।०६ गतेको पर्सा जिल्ला अदालतको फैसलाले अपहरण तथा शरीर बन्धक मुद्दामा ९ बर्ष कैद र ५० हजार जरिवाना तोकिएकोमा बुधन वारदात पश्चात फरार रहेका थिए ।
चमार आफ्नै गाँउघरमा आई लुकीछिपी बस्दै गरेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटि गएको प्रहरी टोलीले उनकै गाउँबाट उनलाई पक्राउ गरी जिल्ला अदालत पर्सामा बुझाएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…