नेता झाको पहलमा लखौरी–देउरी सडकखण्डमा पीच सडक बन्दै
न्यूज ब्यूरो, जनकपुरधाम । बर्षौदेखि सास्ती भोग्दै आएको स्थानीयहरुको लागि जसपाका नेता एवम् प्रतिनीधिसभा सदस्य राजेन्द्र महतोको सँसदीय विकास कोषबाट सडक शिलान्यास गरिएको छ । बर्षायाममा अधिक प्रभावित हुने धनुषाको लखौरी देखि देउरीसम्मको सडकखण्डमा अब पक्की सडक बन्ने भएको छ । जसका युवा नेता एवम् धनौजी गाउँ

२०७८ बैशाख १२ आइतबार, बिहान ११:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । बर्षौदेखि सास्ती भोग्दै आएको स्थानीयहरुको लागि जसपाका नेता एवम् प्रतिनीधिसभा सदस्य राजेन्द्र महतोको सँसदीय विकास कोषबाट सडक शिलान्यास गरिएको छ ।
बर्षायाममा अधिक प्रभावित हुने धनुषाको लखौरी देखि देउरीसम्मको सडकखण्डमा अब पक्की सडक बन्ने भएको छ । जसका युवा नेता एवम् धनौजी गाउँपालिकाका अध्यक्षका प्रत्यासी उम्मेदवार जीवेन्द्र झाको विशेष पहलमा सो सडकखण्ड निर्माण हुने भएको छ ।
५ किलोमिटरको सो सडकखण्डको विभिन्न स्थानमा ६ वटा पुल समेत बन्ने भएको छ । यसपाली माटो ग्राभेल हुने सो सडकखण्डमा आउँदो बर्ष कालोपत्रे गर्ने योजना रहेको जसपा नेता एवम् धनुषा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनीधिसभा सदस्य राजेन्द्र महतोले बताए ।
नेता महतोको प्रमुख आतिथ्यमा शिलान्यास कार्यक्रमको आयोजना गरी शिलान्यास गरिएको हो । शनिबार शिलान्यास गरिएको सो कार्यक्रममा जसपाका नेता तथा प्रदेश सभा सदस्य परमेश्वर साह, केन्द्रीय सदस्य मनोज चौधरी, संजय चौधरी, अनिल महासेठ, श्याम कुमार मिश्रा, युबा नेता रोशन मिश्र, लालबाबू यादब, जिल्ला समन्वय समिति उपशभापति दीपक झा, जिल्ला अध्यक्ष संजय सिंह, प्रमोद यादब, पुर्बाधार बिकास कार्यालयका डी.ई रविचंद्र पजियार सहित वड़ाअध्यक्षद्वय श्याम किशोर साह, कमलनारायण पंकज सहितको विशेष उपस्थिति रहेको थियो ।
यसअघि पनि नेता झाको पहलमा साँसद महतोको क्षेत्रमा विभिन्न विकास निर्माणका कार्यहरुले पूर्णता पाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…