सिरहा युवा संजालले जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता गर्दै
बिनय यादव, सिरहा, १७ फागुन । सिरहाका युवाहरुद्वारा गठित संस्था सिरहा युवा संजालले जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको छ । संजालले यही आउँदो फाल्गुन २४ गते सिरहाको नरहा गाउँपालिका ४ मा अवस्थित श्री जनता बनवाली उमावि बर्छवाको प्राङ्गणमा जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता गर्न लागिएको ह

२०७४ फागुन १७ बिहीबार, बिहान ९:३७ बजे१ मिनेट पढाइ

बिनय यादव, सिरहा, १७ फागुन । सिरहाका युवाहरुद्वारा गठित संस्था सिरहा युवा संजालले जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको छ । संजालले यही आउँदो फाल्गुन २४ गते सिरहाको नरहा गाउँपालिका ४ मा अवस्थित श्री जनता बनवाली उमावि बर्छवाको प्राङ्गणमा जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता गर्न लागिएको हो ।
हाजिरी जबाफ प्रतियोगितामा प्रथम हुने विद्यालयका सहभागी ३ जना विद्यार्थीलाई कक्षा ११ र १२ पढ्नका लागि १०० प्रतिशत छात्रवृत्ति, द्वितीय हुने विद्यालयका ३ जना विद्यार्थीलाई ८० प्रतिशत छात्रवृत्ति, तृतीय हुने विद्यालयका ३ जना विद्यार्थीलाई ६० प्रतिशत छात्रवृत्तिको व्यवस्था मिलाइदिइने र सहभागी विद्यालयलाई मायाको चिनो तथा प्रमाणपत्रको व्यवस्था समेत गरिएको सिरहा युवा संजालका अध्यक्ष नागेश्वर रायले बताउनुभयो ।
हाजिर जवाफ प्रतियोगिताका लागि ब्लुबर्ड कलेज काठमाडौ, पब्लिक युथ क्याम्पस जनकपुर, आशिफ कम्प्युटर ईन्स्टिच्युट गोलबजारले छात्रवृत्तिको सौजन्य गरेको र सिरहाका स्थानीय शैक्षिक संस्थाहरुले आर्थिक सहयोग गरेको सिरहा युवा संजालका महासचिव संतोष यादवले जानकारी दिए ।
साथै, हाजिरी जवाफ प्रतियोगितामा भाग लिन चाहने विद्यालयहरुले ९८२३७२७४२३, ९८१५७५१७०८ र ९८६९०६७६९४ मा सम्पर्क गरि आवेदन दिन सकिने आयोजकले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…