जनकपुरः ट्रिपरमा ११००० भोल्टको करेन्ट लाग्दा एक युवकको मृत्यू
इलाका प्रहरी कार्यालय यदुकूहाका अनुसार, उनलाई उपचारको लागि प्रादेशिक अस्पताल लग्दा चिकित्सकले मृत घोषित गरेको हो ।

२०७८ बैशाख १० शुक्रबार, दिउँसो ४:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामदेखि केही दुरीमा रहेको धनुषा कमला नगरपालिकास्थित एक युवकको करेन्ट लागेर मृत्यू भएको छ ।
धनुषाको कमला नगरपालिका वडा नम्बर ८ सोनापाडास्थित आज दिउँसो करिब १ः३० बजेको समयमा ट्रिपरको खलासीलाई ११००० भोल्टको लाइनमा करेन्ट लागेर मृत्यू भएको प्रहरीले जनाएको छ ।
धनुषाको पोर्ताहाबाट सोनापाडा आउँदै गरेको प्रदेश २–०३–००१ ख २२६२ नम्बरको ट्रिपरका खलासी रहेका धनुषा सबैला नगरपालिका वडा नम्बर १० सिमरारी बस्ने बर्ष २२ का शाहिद मन्सुरको मृत्यू भएको जनाइएको छ ।
उनलाई करेन्ट लाग्दा शरिरको विभिन्न भाग जलेपछि स्थानीयहरुले घटनास्थलमै उनको मृत्यू भएको बताएका थिए । तर, करिब ३ घण्टापछि केही होस आएको बताइएको छ । उनलाई उपचारको लागि जनकपुरको प्रादेशिक अस्पताल लैजादाँ चिकित्सकले उनलाई मृत घोषित गरेको हो ।
इलाका प्रहरी कार्यालय यदुकूहाका अनुसार, उनलाई उपचारको लागि प्रादेशिक अस्पताल लग्दा चिकित्सकले मृत घोषित गरेको हो । उनले माथिको तारलाई हटाउन खोज्दा करेन्ट लागेको बताइएको छ ।
यता, ट्रिपर र ट्रिपर चालकलाई भने इलाका प्रहरी कार्यालय यदुकूहामा राखिएको प्रहरीले जनाएको छ । मृतक शाहिदको पोष्टमार्टमपछि शव परिवारको जिम्मा लगाइने बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…