बोक्सीको आरोपमा पुनः निर्घात कुटपिट
पछि जेठा छोरा मुस्तुफा अंसारी र त्यसपछि आमा (पीडित) लाई सबैले मिलेर मरनासन्न गरी कुटपिट गरेका छन् ।

२०७८ बैशाख ६ सोमबार, राति ८:१० बजे१ मिनेट पढाइ
पछि जेठा छोरा मुस्तुफा अंसारी र त्यसपछि आमा (पीडित) लाई सबैले मिलेर मरनासन्न गरी कुटपिट गरेका छन् ।

२०७८ बैशाख ६ सोमबार, राति ८:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । बोक्सीको आरोपमा मुस्लिम समुदायकी एक महिलामाथि निर्घात कुटपिट भएको छ ।
महोत्तरीको मनरासिस्वा नगरपालिका–५ कटैयाका मोजिबुल रहमानकी ५० वर्षीया पत्नी गुल्शन खातुन बोक्सीको आरोपमा निर्घात कुटएकी हुन् ।
उनलाई स्थानीय जैनुद्दिन अंसारी, कलामुद्दिन अंसारी, एजाज अंसारी, रुमी अंसारी, सरफुद्दिन अंसारी र मोजिबुल अंसारीले बोक्सी भन्दै आज कुटपिट गरेका छन् । कुटपिटबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल जलेश्वरमा उपचार भइरहेको बताइएको छ ।
कुटपिटबाट उनको टाउको, अनुहार सुन्निएको छ भने जीउभरी निलडाम देखिएको छ । आज बिहान पीडितका कान्छो छोरा गुलाम अंसारी टोलमा खेलिरहेको बेला उनीहरुले निहुँ बनाएर पहिला उनलाई कुटपिट गरेको थियो ।
पछि जेठा छोरा मुस्तुफा अंसारी र त्यसपछि आमा (पीडित)० लाई सबैले मिलेर मरनासन्न गरी कुटपिट गरेका छन् ।
आमासँगै अहिले दुवै छोरा पनि जिल्ला अस्पताल जलेश्वरमा उपचार गराइरहेको छ भने आमाको अवस्था गम्भीर रहेको छ । कुटपिट गर्नेहरुकोे खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
देश काल
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २६ सोमबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काममा नयाँ अवसर मिल्न सक्छ । रोकिएका काम अघि बढ्नेछन् । आर्थिक कारोबार गर्दा सावधानी अपनाउनुहोला । परिवारको साथले मन प्रसन्न रहनेछ ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…