ओलीसँग गएका विदेह नगरपालिकाका मेयर दास पुनः प्रचण्डमै फिर्ता
उनीहरुसँगै पुनः विदेह नगरपालिका माओवादी केन्द्रमय भएको दाबी गरिएको छ ।

२०७८ बैशाख ४ शनिबार, बेलुकी ७:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । संविधान सभा विघटन भएपछि भएको राजनीतिक उथलपुथलको बेला केपी शर्मा ओली खेमामा गएका धनुषाको विदेह नगरपालिकाका मेयर पुनः माओवादी केन्द्रमै फर्केका छन् ।
संविधानसभा विघटनपछि नेकपामा फुट भएपछि विदेह नगपालिकाका मेयर बेचन दासले ओली खेमामा गएका थिए । उनले केही महिनापछि पुनः नेकपा माओवादी केन्द्र (प्रचण्ड पक्ष) मा फर्केका छन् ।
शनिबार एक कार्यक्रमबीच दर्जनौ नेता तथा कार्यकर्ता सहित मेयर दास सहित विदेह नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष विनोद गोहितमान समेत माओवादी केन्द्रमा फर्केका हुन् । माओवादी केन्द्रबाट निर्वाचित भएका मेयर दासले सँविधानसभा विघटनपछि केपी ओलीको पक्षमा गएका थिए ।
त्यतिबेला ओली पक्षधरबाट सक्रिय भएका मेयर दास र वडाध्यक्ष गोहितमान सहित अन्य नेता तथा कार्यकर्ताहरुले माओवादी केन्द्रमै रहेको जानकारी गराएको हो । उनीहरुसँगै पुनः विदेह नगरपालिका माओवादी केन्द्रमय भएको दाबी गरिएको छ ।

पूर्व लडाकु एवम् वाईसिएलका केन्द्रीय सदस्य अनिल कुमार पासवानको विशेष सक्रियतामा उनीहरुलाई पुनः पार्टीमा फर्काइएको दाबी गरिएको छ । पासवानले विदेह नगरपालिकामा च्यानल मिलाएपछि ओलीसँग गएकाहरु पुनः माओवादी केन्द्रमा फिर्ता भएका हुन् ।
माओवादी केन्द्र बिदेह नगरपालिकाको कार्यकर्ता भेटघाट कार्यक्रमबाट पूर्व–जनमुक्ति सेना नेपालका पलाटुन कमान्डर एव नेपाली सेनाको समायोजनबाट अवकाश पाएका नवीन झाको संयोजकत्वमा ३९ सदस्य वाईसिएल नगर कमिटी समेत गठन गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…