गर्मी बढेसँगै तराई मधेशका जिल्लामा लामखुट्टे (मच्छर) को प्रकोप बढ्यो
कुनै दिन उपमहानगरपालिकाले लामखुट्टेको औषधी छर्केपनि त्यसले खासै प्रभाव भने पार्न सकेको छैन ।

२०७८ बैशाख ४ शनिबार, बिहान १०:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । गर्मी बढेसँगै जनकपुर शहर लगायत तराई मधेशको विभिन्न जिल्लामा लामखुट्टेको प्रकोप बढदै गएको छ ।
धनुषाजिल्ला सहित तराई मधेशको अन्य जिल्लाहरुमा लामखुट्टेको प्रकोप बढदै गएको हो । जनकपुरधाम शहरमा भने जाडो वा गर्मीमा लामखुट्टेको प्रकोप सधैं रहदै आएको छ । यद्यपी, गर्मीकौ मौसममा भने झन बढदे गरेको छ ।
गर्मी मौसम शुरु हुने समयमा लामखुट्टेको प्रकोप बढ्ने भए पनि मलङ्गवा नगरपालिकाले समयमा औषधि नछर्किंदा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको हो ।
नगरपालिकाले समयमै लामखुट्टे मार्ने औषधि नछर्किंदा मानिसमा लामखुट्टेको टोकाइबाट हुने विभिन्न प्रकारका रोग लाग्न सक्ने सम्भावना बढदै गएको हो ।
सरसफाइ व्यवस्थापन र लामखुट्टेको न्यूनीकरणमा जनकपुरधाम उपमहानगरपालिका उचीत ध्यान नदिँदा तथा उचित सरसफाइ हुन नसक्दा जनकपुर बजार क्षेत्र तथा टोलबस्तीमा यतिबेला लामखुट्टेको प्रकोप बढेको छ ।
कुनै दिन उपमहानगरपालिकाले लामखुट्टेको औषधी छर्केपनि त्यसले खासै प्रभाव भने पार्न सकेको छैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…