सिरिया नरसंहारविरुद्ध लहानमा शान्ति र्याली प्रदर्शन
सिरहा, फागुन १६ । सिरियामा बहुराष्ट्रिय सेनाले निर्दोष जनतामाथि चरम दमन गरेको भन्दै बुधबार लहानमा शान्ति र्याली निकाली यहाका युवाहरुले विरोध प्रदर्शन गरेका छन् । विभिन्न संघ-संस्थामा आवध तथा विद्यालयमा अध्यनरत लहानका युवाहरुले सिरियामा भइरहेको नरसंहारविरुद्ध विरोध जनाउदै शान्ति र्याली निकालेका छन् ।

२०७४ फागुन १६ बुधबार, बेलुकी ५:२५ बजे१ मिनेट पढाइ

सिरहा, फागुन १६ । सिरियामा बहुराष्ट्रिय सेनाले निर्दोष जनतामाथि चरम दमन गरेको भन्दै बुधबार लहानमा शान्ति र्याली निकाली यहाका युवाहरुले विरोध प्रदर्शन गरेका छन् ।
विभिन्न संघ-संस्थामा आवध तथा विद्यालयमा अध्यनरत लहानका युवाहरुले सिरियामा भइरहेको नरसंहारविरुद्ध विरोध जनाउदै शान्ति र्याली निकालेका छन् ।
लहानको नयाँ बजार बाट निकालिएको विरोध र्याली लहान बजारको विभिन्न भागको परिक्रमा गरि शहिद चौकमा पुगी कोणसभामा परिणत भएको थियो ।
कोणसभा लाई संबोधन गर्दै लहानका युवाहरुले सिरियामा भइरहेको बमबारी र नरसंहार तत्काल रोक्न, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदद्वारा पारित युद्ध विरामको प्रस्तावलाई तत्काल लागू गर्न, सीरियाको राहत क्याम्पमा भइरहेको महिलाहरुको यौन शोषण रोक्न माग गर्दै मानवअधिकारकर्मीहरु लाई शान्ति वार्ताको लागि अग्रसर भई सिरियाली सरकार र विन्द्रोहीहरुलाई शान्ति वार्तामा आउन आग्रह गरेका छन् ।
सिरिया बमबारी र नरसंहारमा ज्यान गुमाएकाहरुको चिर-शान्तिका लागि १ मिनेट मौन धारण समेत गरिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…