नयाँ सालको अवसर पारी राष्ट्रिय युवा संघ नगरकमिटीद्वारा धनुषधाम सरसफाई
धनुषाधामस्थित एतिहासिक धनुष महाराजको मन्दिर परिसर सहित आसपासको क्षेत्रमा वृहत सरसफाई गरिएको हो ।

२०७८ बैशाख २ बिहीबार, बिहान ७:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । हिन्दु पात्रको वर्ष २०७८ को उपलक्ष्यमा नेकपा एमाले निकट युवा संघको नगर कमिटीले धनुषाधाममा सरसफाई गरिएको छ । कमिटिका नगर अध्यक्ष राजेश साहको अगुवाईमा बृहत सरसफाई कार्यक्रम गरिएको हो ।
नयाँ वर्षको मौका पारी नगरभरीका युवाहरुलाई एकत्रित पारी सरसफाइ गरेको हो । धनुषाधामस्थित एतिहासिक धनुष महाराजको मन्दिर परिसर सहित आसपासको क्षेत्रमा वृहत सरसफाई गरिएको हो ।
नगरभरिबाट युवाहरुलाई सहभागी गराउदै मन्दिर परिसरसहित वरिपरिमा बृहत सरसफाइ कार्यक्रम गरिएको केन्द्रिय राष्ट्रिय युवा संघकी केन्द्रिय सद्स्य एवम् एमाले पार्टीबाट उपमेयर प्रत्यासी अम्बिका बिश्वकर्माले जानकारी दिइन ।
नगर कमिटी गठन भएपश्चात पहिलो कार्यक्रम धनुष मन्दीरदेखि शुरु गरेको बताउँदै नगरभरीमा जुनसुकै किसिमका काम गर्न कुनै कसर युवाबाट नराख्ने युवा संघ नगर कमिटी अध्यक्ष राजेश साहले जानकारी दिए ।
सो कार्यक्रममा नेकपा एमालेका नेता योगकुमार यादव ,युवा नेता शंकर यादव, दामोदर चौहान ,प्रमोद यादव,किशोरी यादव ,लगायत स्थानीय युवाहरुको सहभागिता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…