मधेशको जँगलराजलाई अन्त्य गर्न आगामी चुनावको तयारी सुरु गरौं : डा. सिके राउत
एउटा मानिस धेरै शक्तिशाली भएपनि केहि हुन नसक्ने र संगठनले पहाडलाई पनि उठाउन सक्ने बताउँदै डा। राउतले भने, “संगठन छ त्यहीं भएर हामी छौं र हाम्रो अस्तित्व छ ।”

२०७७ चैत २९ आइतबार, बिहान ८:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले मधेशमा रहेको जँगलराजलाई अन्त्य गर्नको लागि जनमत पार्टीलाई चुनावको तयारी गर्न आग्रह गरेका छन् ।
डा. राउतले आगामी चुनावका निम्ति तयारी थाल्न कार्यकर्तालाई आग्रह गर्दै निर्वाचनमा जितेर सुशासन र समाजवाद स्थापना गर्ने उनले बताए ।
जनकपुरधाममा शनिबारदेखि शुरु भएको पार्टीको पहिलो महाधिवेसनलाई सम्बोधन गर्दै अध्यक्ष डा. राउतले भने, “‘रोजगारी सृजना र समाजवाद स्थापना गर्नका लागि आगामी चुनावको तयारी गरिहाल्नुहोस् नेता(कार्यकर्तालाई आग्रह गर्दै उनले भने, “अहिलेदेखि नै घर–घरमा गएर प्रचार प्रसार गर्नुहोस्।”
मधेशमा रहेको जंगल राज्यलाई अन्त्य गर्नु जरुरी रहेको बताउँदै उनले यसको अन्त्य गर्न चुनाव मार्फत् जनताले सहयोग गर्ने विश्वास व्यक्त गरे। जंगली राज्य समाप्त नभएसम्म सुशासन र समाजवाद स्थापना हुन नसक्ने बताए ।
यसका निम्ति आगामी चुनावकको तयारी गर्न उनले नेता÷कार्यकर्तालाई आग्रह गरे। मानिसको व्यक्तिगत शक्ति र व्यक्तिगत सम्पत्तिले कुनै अर्थ नराख्ने बताउँदै उनले एकत्रित हुनु नै महत्वपूर्ण कुरा भएको बताए ।
एउटा मानिस धेरै शक्तिशाली भएपनि केहि हुन नसक्ने र संगठनले पहाडलाई पनि उठाउन सक्ने बताउँदै डा। राउतले भने, “संगठन छ त्यहीं भएर हामी छौं र हाम्रो अस्तित्व छ ।”
यो हाम्रो हरेक कार्यकर्तालाई बुझ्नु जरुरी छ ।” एकत्रित भएर बस्न सकिए मात्र समाज र मधेशको सेवा गर्न सकिने उनले बताए ।
तराई मधेशमा डा. सिके राउतप्रतिको क्रेज, जनमत पार्टीप्रतिको लगाव मधेशका युवाहरुमा विस्तारै बढदै गएको देखिएको छ । अन्य दलहरुले मधेशसँग धोका गरेको भन्दै वैकल्पिक शक्तिको रुपमा जनमत पार्टी उदयमान हुन थालेको देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…