चुनावमा गद्दारी गरेको भन्दै पत्रकार साह युनियनबाट निकालिए
प्रेस युनियन धनुषा, प्रदेश सहित केन्द्र स्तरका पत्रकारहरुको सँयुक्त हस्ताक्षरित विज्ञप्तिमा साहलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको जनाएको छ ।

२०७७ चैत २६ बिहीबार, राति १०:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल पत्रकार महासँघको चुनावमा धनुषाका पत्रकार प्रवीण साहलाई प्रेस युनियनले कारवाही गरी पदबाट बर्खास्त गरेको छ ।
चैत्त २५ गते सम्पन्न भएको पत्रकार महासँघ धनुषा शाखा तथा प्रदेश शाखामाको निर्वाचनमा प्रेस युनियन कमजोर भएपछि युनियनले एक प्रेस विज्ञप्ति जारी गरी साहलाई पदबाट बर्खास्त गरेको जानकारी दिएको छ ।
चुनावमा पत्रकार साहले आफै पार्टीमा अन्तरघात गरेको कारण प्रदेशमा लडेका नवलकिशोर यादव (बाबा) र धनुषा शाखामा लडेका राजन सिँह पराजित भएको भन्दै उनलाई गद्दार करार दिदै युनियनबाट बर्खास्त गरेको विज्ञप्तिमा उल्लेख छ ।
व्यक्तिग स्वार्थ, हठ, सँकिर्णताका कारण प्रेस युनियनका पूर्व अध्यक्ष समेत रहेका साहलाई चैत्त २६ गते युनियनले पदबाट बर्खास्त गरेको हो । प्रेस युनियन धनुषा, प्रदेश सहित केन्द्र स्तरका पत्रकारहरुको सँयुक्त हस्ताक्षरित विज्ञप्तिमा साहलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको जनाएको छ ।
प्रेस युनियन नेपाली काँग्रेस पार्टीका भातृ सँगठन हुन् । धनुषामा नेकपा माओवादी केन्द्र प्रचण्ड पार्टीका भातृ सँगठन प्रेस सँगठनबाट मनिका झा विजयी भएकी हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…