स्थानीय सरकारलाई शिक्षकको २४ घण्टे अल्टिमेटम
विनय कुमार यादव धनुषा, १४ फागुन । विगत ८ महिनादेखि तलब भत्ता नपाएको भन्दै शिक्षकहरुले स्थानीय सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ । धनुषाको धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डललाई स्थानीय निकाय भित्रका विद्यालयका शिक्षकहरुले होली जस्तो पर्वमा समेत तलब भत्ता निकासा नगर्दा मार्का भएको भन्दै ज्ञापन

२०७४ फागुन १४ सोमबार, दिउँसो ४:२१ बजे१ मिनेट पढाइ

विनय कुमार यादव
धनुषा, १४ फागुन । विगत ८ महिनादेखि तलब भत्ता नपाएको भन्दै शिक्षकहरुले स्थानीय सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ ।
धनुषाको धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डललाई स्थानीय निकाय भित्रका विद्यालयका शिक्षकहरुले होली जस्तो पर्वमा समेत तलब भत्ता निकासा नगर्दा मार्का भएको भन्दै ज्ञापन पत्र बुझाएको हो ।
नगरपालिका अन्तर्गत पर्ने सम्पूर्ण समुदायिक आधारभूत तथा माविका शिक्षक कर्मचारीहरु, प्राविधिक शिक्षकहरु सहित बालविकास सहयोगी कार्यकर्ताहरुको तलबभत्ता विगत ८ महिनादेखि निकासा नगरेको भन्दै २४ घण्टाभित्र पहल गर्न चेतावनी स्वरुप ज्ञापन पत्र बुझाएको हो ।
विद्यालय शिक्षक तथा कर्मचारीहरुको प्रथम चौमासिक तथा दोस्रो चौमासिक सम्म ८ महिनाको तलव भत्ता निकासाको लागि अल्टिमेटम समयभित्र पहल नगरे चरणबद्ध रुपमा आन्दोलन गर्ने चेतावनी समेत दिइएको हो ।
समयमा पहल नगरे त्यस अवधिमा विद्यालयको पठनपाठनमा हुने अवरोध हुन गएको खण्डमा नगरपालिकाले जिम्मेवारी लिनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।
स्थानीय प्रशासन, स्रोत व्यक्ति धनुषाधाम स्रोत केन्द्र तथा सँचारकर्मीलाई बोद्यार्थ गरी ज्ञापन पत्र बुझाइएको हो ।
स्थानीय प्रशासनमा ईलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी नीरिक्षक प्रकाश दाहाललाई समेत ज्ञापन पत्र बुझाइएको हो ।
यता, नगरपालिकाका अधिकृतले तलबभत्ताको लागि अटेरी गरेको आरोप शिक्षकहरुको छ ।
नगरपालिका अधिकृत प्रकाशजँग कार्कीलाई बारम्बार तलब भत्ताको लागि आग्रह सहित निवेदन गरेपनि कुनै प्रकारको पहल नगरेको मावि भिमान धारापानी मुलाबारीका प्रअ प्रदीप सिँहले न्यूज ब्यूरोसँग भने ।
यता, पीडित शिक्षकहरुले समयमा आफूहरुको तलबभत्ताको व्यवस्था नगरे प्रदेशका मुख्यमन्त्रीसम्म जाने चेतावनी दिएका हुन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…