मिर्चैया ९ मा नेटवर्क खोज्दै हिड्नुपर्ने बाध्यता
बिनय यादव, मिर्चैया, १४ फागुन । प्रविधिले विश्वलाई सागुरो बनाए पनि सिरहाको मिर्चैया नगरपालिका वडा नं. ९ मा पर्ने रमपुरा र सुन्दरपुरका नागरिकहरु भने अहिलेसम्म सामान्य टेलिफोनको सेवाबाट समेत वञ्चित छन् । सामान्य कुराकानी र जानकारी लिन पनि अझै नेटवर्क खोज्दै हिड्नुपरेको अवस्था छ । मोवाईलहरुमा फोन नलाग्

२०७४ फागुन १४ सोमबार, बिहान १०:०९ बजे१ मिनेट पढाइ

बिनय यादव, मिर्चैया, १४ फागुन । प्रविधिले विश्वलाई सागुरो बनाए पनि सिरहाको मिर्चैया नगरपालिका वडा नं. ९ मा पर्ने रमपुरा र सुन्दरपुरका नागरिकहरु भने अहिलेसम्म सामान्य टेलिफोनको सेवाबाट समेत वञ्चित छन् ।
सामान्य कुराकानी र जानकारी लिन पनि अझै नेटवर्क खोज्दै हिड्नुपरेको अवस्था छ । मोवाईलहरुमा फोन नलाग्ने, लागेपनि प्रष्ट कुरा नसुनिने र विचमै काटीने समस्या देखिएको मोबाईल प्रयोगकर्ताहरुले गुनासो गरेका छन् ।
स्थानीयहरुले नगरपालिका र टेलिकमले टेलिफोन, मोवाईल र ईन्टरनेटको गुणस्तर विस्तारमा ध्यान नदिदा अहिलेको समयमा पनि मोवाईलमा थ्रीजी र नेटवर्कको समेत गुणस्तर नभएको बताएका छन् । टेलिकमहरुको ग्राहक सम्पर्क केन्द्रमा पटकपटक गुनासो गरेपनि हालसम्म कुनै चासो नदेखाएको स्थानीय उपभोक्ताहरुले बताउँछन् ।
नगरपालिकालाई फ्री वाईफाई जोन बनाउने घोषणा गरेर स्थानीय तहको चुनावमा भोट मागेका उम्मेदवारले अहिले आएर वाईफाई मात्र नभई मोबाईल टावरको समेत कुरा भुलेको स्थानीयहरुको गुनासो रहेको छ ।
सञ्चार र सामाजिक संजालको जमानामा पनि मिर्चैया नगरपालिका भित्रका अधिकांश वडाका नागरिकहरु सामान्य टेलीफोन सेवाबाट समेत वञ्चित हुँदै आएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…