मधेशमा आज होली, तराईभरि सार्वजनिक विदा
मटकाफोर कार्यक्रमको लागि युवाहरुले मटका फोडनेलाई पुरस्कारको व्यवस्था समेत गर्दै आएको छ ।

२०७७ चैत १६ सोमबार, बिहान ८:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पहाडी जिल्लाहरुमा आईतबार नै होली मनाएकोमा आज तराई मधेशका जिल्लाहरुमा होली मनाइदै छ ।
तिथि अनुसार पहाडी जिल्लाहरुमा आईतबार नै होलीको उत्सव मनाइएको छ भने सोमबार तिथि अनुसार नै तराई मधेशमा होली मनाइदैछ ।
होलीको अवसरमा जनकपुरका युवकहरुले विभिन्न चोकहरुमा मटकाफोर कार्यक्रमको आयोजना समेत गरेका छन् । प्रत्येक वर्ष मनाउँदै आएको होलीमा मटकाफोर कार्यक्रम गर्ने भएपछि युवाहरुको जमात समेत ओर्लेको देख्न सकिन्छ ।
मटकाफोर कार्यक्रमको लागि युवाहरुले मटका फोडनेलाई पुरस्कारको व्यवस्था समेत गर्दै आएको छ ।
आईतबार पहाडी जिल्ला विदा दिएकोमा केन्द्र सरकारले नै सोमबार तराई मधेशका जिल्लाहरुमा सार्वजनिक विदा दिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…