सर्भे- 'महामुर्ख सम्मेलन' लाई मिथिलावासीको नैतिक मत
न्यूज ब्यूरो जनकपुरधाम, १३ फागुन । प्रत्येक वर्ष होलीको पूर्व सन्ध्यामा मनाईने पूर्णत साँस्कृति कार्यक्रम महामुर्ख सम्मेलनलाई मिथिलावासीको नैतिक मत भएको एक सर्भेले देखाएको छ । समाजिक सञ्जालमा न्यूज ब्यूरोले गरेको भोटिँग पोलमा ' आउँदो फागुन १७ गते तपाई कुन कार्यक्रममा जानुहुन्छ ? महामुर्ख सम्मेलनमा क

२०७४ फागुन १३ आइतबार, बेलुकी ७:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो
जनकपुरधाम, १३ फागुन । प्रत्येक वर्ष होलीको पूर्व सन्ध्यामा मनाईने पूर्णत साँस्कृति कार्यक्रम महामुर्ख सम्मेलनलाई मिथिलावासीको नैतिक मत भएको एक सर्भेले देखाएको छ ।
समाजिक सञ्जालमा न्यूज ब्यूरोले गरेको भोटिँग पोलमा 'आउँदो फागुन १७ गते तपाई कुन कार्यक्रममा जानुहुन्छ ? महामुर्ख सम्मेलनमा की होली हँगामामा ? त्यस अनलाईन सर्भेमा ७२ प्रतिशत बढीले महामुर्ख सम्मेलनमा सरिकको लागि मत दिएका छन् भने २८ प्रतिशत मात्रले होली हँगामा कार्यक्रममा सरिक हुने देखाएको छ ।
महामुर्ख सम्मेलनमा विशुद्ध मिथिला सँस्कृतिको प्रदर्शन गरिन्छन भने कवि, गीतकार, गजलकारहरुले समेत आ आफनो प्रस्तुति राख्ने गरिन्छ ।
प्रत्येक वर्ष एक जनालाई महामुर्ख सहित अन्य १० जनालाई मुर्खको पटमुर्खको उपाधी दिने गरिन्छ ।
यसवर्ष प्रदेश नं. २ को ८ वटै जिल्लाबाट मुर्खहरुको सहभागिता रहने मिथिला नाटयकला परिषद्का पूर्व अध्यक्ष एवम् आयोजक सुनिल मल्लिकले जनाए ।
एक जिल्लाबाट महामुर्खको उपाधी तथा अन्य ७ जिल्लाबाट पटमुर्खको उपाधि प्रदान गरिनेछ ।
यसपालीको महामुर्ख सम्मेलनमा कसलाई महामुर्खको उपाधी दिने भनेर जनसमुदायमा कौहुलता बढेको छ ।
महामुर्ख सम्मेलन जानकी मन्दिरको प्राँगनमा आयोजना गरिन्छ जसमा हजारौँ सर्वसाधारणले होलीको पूर्वसन्ध्यामा होलीको अनूभूति गर्ने गरिन्छ ।
यता, यसपाली त्यही दिन जनकपुरको तिरहुतिया गाछीमा जनकपुर होली हँगामा कार्यक्रमको समेत आयोजना गरिएको छ ।
कार्यक्रममा भोजपुरी सिने जगतका कलाकारहरु आउने बताइएको छ साथै कार्यक्रममा सरिक हुनको लागि १ हजार ५ सय र २ सयको टिकट दर समेत तोकिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…