उदाहरणीय कार्य

प्रदेश २ः ब्याचलर गरेर मात्र बिबाह गरेमा सरकारले छोरीलाई ५१ हजार रुपैयाँ दिने 

यस्तै एसइईमा उत्कृष्ठ अंक ल्याई उतिर्ण हुनेलाई २५ हजार नगद र सामुदायिक विद्यालयका कक्षा ८मा अध्यायनरत सबैलाई छात्रालाइ साईकल प्रदान गर्दै आएको छ ।

२०७७ चैत ११ बुधबार
बिहान १०:२२ बजे
पुष्पराज खतिवडा

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को एक स्थानीय सरकारले छोरीलाई ब्याचलर (स्नातक) उतीर्ण गरी मात्र बिहे गरे ५१ हजार रुपैयाँ दिने घोषणा कार्यन्वयनमा ल्याएको छ । 

प्रदेश नम्बर २ को बारा जिल्ला स्थित प्रसौनी गाउँपालिकाले घोषणा गरेको छोरीको ब्याचलर (स्नातक) शिक्षापछिको बिहे योजना अन्तर्गत एक छोरीलाई ५१ हजार रुपैयाँ दिएको हो । 

सो गाउँपालिकाभित्रका छोरीहरुले ब्याचलर पास गरी बिहे गरेमा पुरस्कार र सम्मान स्वरुप ५१ हजार रुपैयाँ दिने घोषणा गरेको हो । सोही योजना अन्तर्गत सोमबार एक जनालाई रकम हस्तान्तरण गरेको हो । 

गाउँपालिका अध्यक्ष भोला प्रसाद गुप्ताले सोमबार साँझ स्थानिय एक छोरीको विवाहमा सरिक भई पालिकाको तर्फबाट उल्लेखित रकमको चेक हस्तान्तरण गरी कार्यक्रमको सुरुवात गरेका हुन् ।

कार्यक्रम अनुरुप गाउँपालिका वडा नम्बर १ को मुस्लीमटोल बस्ने कलिम मिया मन्सुरीकी छोरी २५ बर्षिया असरिना खातुनलाई ५१ हजार रुपैंयाको चेक गाउँपालिकाले प्रदान गरेको छ । 

स्नातक उतिर्ण पश्चात सोमबार राती मन्सुरीकी छोरी असरिनाको विरगजंका नवजीव आलमसँग बिहेगाँठ हुने भएपछि साँझ उनको घरमा पुगेर अध्यक्षले सगुन स्वरुप ५१ हजार रुपैयाँ प्रदान गरेका थिए । 

सोही विवाहको अवसरमा गाउँपालिका अध्यक्ष गुप्ताले उक्त रकम खातुनलाई हस्तान्तरण गरेका हुन् । चालु आर्थिक वर्षबाट कार्यान्वयनमा आएको कार्यक्रम अन्तरगत पुरस्कार पाउने असरिना पहिलो स्थानिय छोरी भएको गाउँपालिका अध्यक्ष गुप्ताले बताए ।

स्नातक गरेर आफ्नो खुट्टमा उभिएर विवाह गर्ने स्थानिय छोरीलाई शुभ सगुन स्वरुपम उक्त रकम हस्तान्तरण गरिएको अध्यक्ष गुप्ताले बताए । 

तराई मद्येशमा छोरीको शिक्षाप्रति जागरुप बनाउँदै छोरी बचाउ छोरी पढाउ कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रयास गरिएको हो । छोरीलाई उच्च शिक्षा दिन सके छोरीको सुरक्षा सकिने सन्देश दिनु कार्यक्रमको उदेश्य भएको अध्यक्ष गुप्ताले बताए ।

गाउँपालिकाले छोरीको शुरक्षा, शिक्षा र समग्र महिलाका पक्षमा गम्भीर रुपमा काम गरिरहेको छ । 

गर्भवती महिलालाई एकहजार रुपैंया पोषण भत्ता, आयोडिन यूक्त नुन, छोरी जन्मउँदा २ हजार स्याहार खर्च, सामुदयिक विद्यालयको ८ कक्षमा उत्कृष्ठ अंक ल्याउनेलाई ५जनालाई जनपह ५ हजार नगद दिने कार्यक्रम छ ।

यस्तै एसइईमा उत्कृष्ठ अंक ल्याई उतिर्ण हुनेलाई २५ हजार नगद र सामुदायिक विद्यालयका कक्षा ८मा अध्यायनरत सबैलाई छात्रालाइ साईकल प्रदान गर्दै आएको छ ।

प्रदेश नम्बर २ सरकारको “बेटी पढाउ, बेटी बचाउ” कार्यक्रमको परिकल्पना गर्ने उक्त पालिकाले २०७४ मा दश हजार जम्मा गरि २० बर्षपछी १ लाख दिने कार्यक्रम लागु गरेको थियो । 

सोही कार्यक्रमलाई प्रदेश सरकारले अपनत्व लिँदै छोरी पढाउ छोरी बचाउ कार्यक्रम कार्यान्वयनमा ल्याएको थियो ।

त्यस कार्यक्रम अन्तरगत प्रदेश २ सरकारले २०७६ माघ यता जन्मीएका छोरीको १ लाख रुपैयाँको विमाका साथै सामाुदायकि विद्यालयको कक्षा ८ माथीका छात्रालाई बर्सेनी साईकल वितरणसमेत गर्दै आएको छ ।

सोमबार शुभसगुन स्वरुप ५१ हजार रुपैंया पुरस्कार हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गीता साह,वडाअध्यक्ष बैजु गुप्ता,आनन्द कुमार गुप्ता,स्थानिय शिक्षक एवं सामाजिक अगुवा निप्पु गुप्ता लगायतको सहभागिता रहेको थियो । एकप्रियाडकटमा पत्रकार पुष्पराज खतिवडाले समाचार लेखेका छन् । 

  • 33%
  • 0%
  • 0%
  • 11%
  • 0%
  • 11%

मिर्चैयामा भूमिहीन दलित तथा सुकुम्बासीलाई मेयर यादवले बाँडे निस्सा

  • २०७७ चैत ११ बुधबार

न्यूज ब्यूरो, सिरहा ।  मिर्चैया नगरपालिकाले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाइ निस्सा वितरण गरेको छ । बुधबार एक कार्यक्रमकाबीच नगरपालिकाका प्रमुख श्रवण कुमार यादवे वडा नं ९ का ९५ जना भूमिहीन

पूरा पढ्नुहोस्

Bureau Menus