पर्वतामा परिक्रमा यात्रीलाई भव्य स्वागत, भोली धनुषाधाम आउँदै
विनय कुमार यादव धनुषा, ११ फागुन । मिथिलाको महाकुम्भ मानिने १५ दिने माध्यमिकी परिक्रममा आज धनुषाको पर्वतामा विश्राम लिएका हुन् । परिक्रमाको धार्मिक लस्करलाई स्वागत एवम् सुरक्षाको मध्यनजर गर्दै वृहत सरसफाई समेत गरिएको छ । धनुषाधाम नगरपालिका अन्तर्गत पर्ने पर्वतामा परिक्रमाको धार्मिक लस्कर आउनु पूर्व न

२०७४ फागुन ११ शुक्रबार, दिउँसो ४:१५ बजे१ मिनेट पढाइ

विनय कुमार यादव
धनुषा, ११ फागुन । मिथिलाको महाकुम्भ मानिने १५ दिने माध्यमिकी परिक्रममा आज धनुषाको पर्वतामा विश्राम लिएका हुन् ।
परिक्रमाको धार्मिक लस्करलाई स्वागत एवम् सुरक्षाको मध्यनजर गर्दै वृहत सरसफाई समेत गरिएको छ ।
धनुषाधाम नगरपालिका अन्तर्गत पर्ने पर्वतामा परिक्रमाको धार्मिक लस्कर आउनु पूर्व नै भव्य स्वागतको लागि स्थानीय केही युवाहरुले वृहत सरसफाई गरी सहजता तुल्याएका हुन ।
नगरपालिकाका वडा अध्यक्ष इन्दल महतो तथा मिथिला बिहारी परिक्रमा पर्वताका अध्यक्ष अनिल कुमार सिंह सहित स्थानीय बुद्धिजीवीको विशेष सक्रियतामा वृहत सरसफाई गरिएको थियो ।
यसका साथै, प्रत्येक वर्ष परिक्रमामा सहभागी श्रद्धालुलाई बाँडीदै आएको खद्यान्नहरु यसपाली समेत वितरण गरिने वडाध्यक्ष महतोले न्यूज ब्यूरोसँग भने ।
परिक्रमाको धार्मिक लस्करललाई स्वागतको लागि यहाँका समाज एक वर्ष प्रतिक्षा गर्नेगर्दछन भने स्वागतकै लागि ललायित रहेको हुन्छन् ।
परिक्रममाका श्रद्धालुलाई स्वागत एवम् दान गरे महापुण्य हुने विश्वास रहेको छ ।
भोली विहानै परिक्रमाको धार्मिक लस्कर ऐतिहासिक धनुषाधाम विश्राम गर्ने हाम्रो सहकर्मी विनय कुमार यादवले जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…