शहिद अजबलाल यादवको १९ स्मृति दिवस मनाइए
स्मृति दिवस एवम् श्रद्धाञ्जली सभा कार्यक्रममा शहिद अजबलाल यादवको शहादत र उनको सपनाको बारेमा चर्चा गरिएको थियो । उपस्थित नेताहरुले उनको सपना साकार पार्न माओवादी अझै प्रयासरत रहेको बताएका थिए ।

२०७७ चैत ९ सोमबार, राति ८:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेकपा माओवादी केन्द्रले धनुषामा शहिद अजबलाल यादवको १९ स्मृति दिवस मनाएको छ ।
शहिद अजबलाल यादवको १९ स्मृति दिवस नेकपा माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालय जनकपुरस्थित मनाएको हो । जनयुद्धकालमा शहिद भएका अजबलाल यादवले लोकतन्त्रको लागि लडेका थिए ।
माओवादी केन्द्रका धनुषा जिल्ला ईन्चार्ज एवम् केन्द्रीय सदस्य श्रवण कुमार बरबरिया (यादव) को अध्यक्षता एवम् पूर्वमन्त्री मातृका प्रसाद यादवको प्रमुख आतिथ्यमा १९ औं स्मृति दिवस मनाइएको हो ।
स्मृति दिवस एवम् श्रद्धाञ्जली सभा कार्यक्रममा शहिद अजबलाल यादवको शहादत र उनको सपनाको बारेमा चर्चा गरिएको थियो । उपस्थित नेताहरुले उनको सपना साकार पार्न माओवादी अझै प्रयासरत रहेको बताएका थिए ।

स्मृतिसभामा विशिष्ट अतिथिको आसनबाट बोल्दै पूर्वमन्त्री एवम् नेकपाका केन्द्रीय सदस्य रामचन्द्र झाले शहिद अजबलाल यादवले जनयुद्धकालमा देखाएको वीरताको बखान गरेका थिए । उनले अजबलाल यादवलाई जनयुद्धकालिन योद्धा भनेर सम्बोधन गरे ।
स्मृतिसभा एवम् श्रद्धाञ्जली कार्यक्रममा नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा प्रदेश २ संसदीयदलका नेता शत्रुधन महतो , केन्द्रिय सदस्य रत्नेश्वरलाल गोइत , प्रदेश कमिटी सदस्य तथा शहिदनगर नगर नगरपालिकाका नगरप्रमुख उदय कुमार बरबरिया (यादव) माओवादीका युवा नेता एवम् पूर्व लडाकु अनिल कुमार पासवान लगायत माओवादी केन्द्र र एमाले का जिल्लाभरीका कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…