परिक्रमाको धार्मिक लस्करलाई नौसयबिघामा भव्य स्वागत र सम्मान
८४ कोषदुरीको परिक्रमा यात्रीहरुलाई नौसयमा युवाहरुले भव्य स्वागत एवं सम्मान गरेको हो ।

२०७७ चैत ९ सोमबार, राति ८:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । मधेशको महाकुम्भ मानिने नेपालकै सबभन्दा ठुलो पदयात्रा परिक्रमाको धार्मिक लस्करलाई धनुषाको नौयसबिघा भन्ने गाउँमा भव्य स्वागत र सम्मान गरिएको छ ।
८४ कोषदुरीको परिक्रमा यात्रीहरुलाई नौसयमा युवाहरुले भव्य स्वागत एवं सम्मान गरेको हो ।
नेपालकै सबैभन्दा लामो धार्मिक पदयात्रा मधेशको महाकुम्भ १५ दिने परिक्रमा धनुषाधाम नगरपालिका पर्वताबाट धनुषाधाम प्रस्थान गर्दा पर्वता र धनुषाधामको बीचमा पर्ने नौसयबिघामा नौसय विग्हा समाज सहयोग युवा समूह र धनुषाधाम नगरपालिकाद्वारा स्वागत र सम्मान गरिएको हो ।
परिक्रमावासीहरुलाई धनुषाधाम नगरपालिकाको तर्फबाट र नौसय विघा युवा समूहका पदाधिकारीहरुद्धारा साधुसन्त सहित श्रद्धालुहरुलाई भोजन वास्ते खाद्यान्न समेत वितरण गरेको थियो ।
युवा नेता रामपुकार यादवका अनुसार खाडी मुलुकमा खटिएका युवाहरु एउटा समूह स्थापना गरि विभिन्न समाजिक कार्यमा सक्रिय रहि काम गर्दै आएकोमा परिक्रमाको धार्मिक लस्करलाई खाद्यान्न वितरण गरिएको हो ।
सो क्रममा युवा समुहका संयोजक बिजय मण्डलको सकृयतालाई प्रशंसा पनि गर्दै उनीहरुको कार्यको जनप्रतिनीधिहरुले समेत प्रशँसा गरेको हो ।
विहान २ बजे देखि चिया बिस्कुट ,चुरा मुरहि ,मिठा ,चिनी लगायतका खाधन्न सामग्रीहरु बितरण गरिएको थियो ।
किशोरीजीका् डोलाका महन्त, किर्तनी मंडली , कथा वाचक लगायतलाई अविर, टीका, फुलमाला लगाई सम्मान वडा सदस्य सुशील यादव लगायत गाउँका बुद्धिजीवी युवाहरुले स्वागत एवं सम्मान गरेका थिए ।
सो क्रममा वडा अध्यक्ष इन्द्रकुमार महतोले परिक्रमा यात्रीहरुलाई स्वागत सत्कार गर्न युवाहरुले चालेको कदमको बुलन्द पर्न केही नगरपालिकाद्वारा पनि सहयोग गरेको बताएका छ्न ।
सो कार्यक्रममा युवा बिशेश्वर मण्डल ,अरुण मण्डल ,बिनोद यादव,बिन्दल यादव ,सुदिप यादव, लगायतका युवाहरुले बिशेष सहयोग गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…