कुशवाहा विद्यार्थी कल्याण समाजको अध्यक्षमा मुकेश महतो
तराई मधेशको १४ वटा जिल्लाको प्रतिनीधि सहभागी भएको सो अधिवेशनबाट १६ सदस्यीय कार्य समिति चयन गरेको जनाइएको छ ।

२०७७ चैत ९ सोमबार, बिहान ९:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । कुशवाहा जातीहरुको विद्यार्थी सँगठन नेपाल कुशवाहा विद्यार्थी कल्याण समाजको केन्द्रीय अध्यक्षमा मुकेश महतो चयन भएका छन् ।
आईतबार सिरहाको लहानस्थित रहेको नेवी ठगनी देवी कुशवाहा सेवा सदनमा भएको चौथो केन्द्रीय अधिवेशनबाट महतोलाई निर्विरोध चयन गरिएको जनाइएको छ ।
समाजका गुनानन्द महतोको अध्यक्षतामा भएको सो अधिवेशनबाट मुकेश महतोलाई नेपाल विद्यार्थी कल्याण समाजको केन्द्रीय नेतृत्वको रुपमा स्वीकारेको हो । अध्यक्षमा चयन भएपनि महतोलाई समाजिक सँजाल, मेसेज मार्फत चौतर्फी बधाई दिएको छ ।
तराई मधेशको १४ वटा जिल्लाको प्रतिनीधि सहभागी भएको सो अधिवेशनबाट १६ सदस्यीय कार्य समिति चयन गरेको जनाइएको छ ।
अधिवेशनको लागि समाजका राष्ट्रिय अध्यक्ष तपेश्वर महतो सहित विशेष अतिथिको रुपमा पूर्वमन्त्री लक्ष्यमा मेहता समेतको उपस्थिति रहेको थियो । यस्तै विश्वनाथ महतो, जिल्ला अध्यक्ष धनपति महतो, निवर्तमान केन्द्रीय अध्यक्ष विजय सिँह, जिल्ला सल्लाहकार रोशन सिँह कुशवाहा, वियन सिँह, सुरेश महतो, राम नारायण मेहता लगायतको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…