सिरहामा छोराको रड प्रहारबाट आमाको मृत्यु
सिरहा, ११ फागुन । सिरहाको लक्ष्मीपुर ४ मा छोराको रड प्रहारबाट आमाको मृत्यु भएको छ । सिरहा लक्ष्मीपुर ४ बस्ने २८ वर्षीय राम दास ततमाले घरायसी विवाद हुदा आफ्नै आमा ४५ वर्षीया ज्ञान देवी दास र १६ वर्षीय बहिनि सुनिता कुमारी देवी दास लाई बुधबार फलामे रडले प्रहार गरि गम्भीर बनाएका थिए । रड प्रहारबाट टाउको

२०७४ फागुन ११ शुक्रबार, बिहान १०:५५ बजे१ मिनेट पढाइ

सिरहा, ११ फागुन । सिरहाको लक्ष्मीपुर ४ मा छोराको रड प्रहारबाट आमाको मृत्यु भएको छ ।
सिरहा लक्ष्मीपुर ४ बस्ने २८ वर्षीय राम दास ततमाले घरायसी विवाद हुदा आफ्नै आमा ४५ वर्षीया ज्ञान देवी दास र १६ वर्षीय बहिनि सुनिता कुमारी देवी दास लाई बुधबार फलामे रडले प्रहार गरि गम्भीर बनाएका थिए । रड प्रहारबाट टाउकोमा चोट लागि गम्भीर भएकी ज्ञान देवी दास र सुनिता कुमारी देवी दास लाई उपचारका लागि न्युरो हस्पिटल लगिएकोमा त्यहा सामान्य चेकजांच गरि नोवेल हस्पिटलमा रेफर गरिएको थियो ।
आमा छोरी दुबैको आइसियु वार्डमा उपचार भइरहेको अवस्थामा विहिबार राति आमा ज्ञान देवी दासको मृत्यु भएको ईलाका प्रहरी कार्यलय महेशपुर पतारीले जनाएको छ । रड प्रहार गर्ने राम दास ततमा लाई पक्राउ गरि घटनाको थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…