प्रदेश २ः ट्रकले ट्रयाक्टलाई ठक्कर दिँदा ड्राईभरको मृत्यू !
यता ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको र उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

२०७७ चैत ६ शुक्रबार, बेलुकी ५:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । प्रदेश नम्बर २ को सप्तरी जिल्लास्थित ट्रकले ट्रयाक्टरलाई ठक्कर दिँदा ड्राईभरको मृत्यू भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–११ स्थित सडकखण्डमा आज ट्रकले ट्र्याक्टरलाई ठक्कर दिँदा ट्र्याक्टर चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्र्याक्टर चालक बारा जिल्ला दक्षिण झिटकैया–८ का ३५ वर्षीय जलिल मियाँ मन्सुरी रहेको प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिए ।
घाइतेको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पूर्वबाट पश्चिततर्फ जाँदै गरेको ना६ख ३४२५ नंको ट्रकले सोही दिशाबाट जाँदै गरेको ना६त ६१९९ नंको ट्र्याक्टरलाई पछाडिबाट ठक्कर दिएको थियो ।
यता ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको र उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…