जनकपुरः ट्रयाक्टरले मोसा ठोक्दा चालकको मृत्यू !
प्रहरीले ट्र्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ । मृतक नितेशको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ ।

२०७७ चैत ५ बिहीबार, बिहान ९:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित ट्रयाक्टरले मोटरसाईकल (मोसा) लाई ठक्कर दिदाँ एक जनाका मृत्यू भएको छ ।
महोत्तरीको मटिहानी–जनकपुर सडकखण्डअन्तर्गत मटिहानी नगरपालिका– २ स्थित आवर गाउँमा बुधबार साँझ ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा धनुषा जिल्लाको मुखियापट्टी मुसरनियाँ गाउँपालिका– ३ बैरियाका बजरङ्गी साहका २० वर्षीय छोरा नितेशकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका महोत्तरीको मटिहानी नगरपालिका– ८ का राजेन्द्र साहका २६ वर्षीय छोरा सरोजकुमार साहको मटिहानी हेल्थ केयरमा उपचार भइरहेको छ ।
धिरापुर गाउँबाट मटिहानी बजारतिर जाँदै गरेको ज१त ७४८४ नम्बरको ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो ।
बेलुकी करिब ७ः३० बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक नितेशलाई उपचारका लागि जिल्ला अस्पताल जलेश्वर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले ट्र्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ । मृतक नितेशको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…