लहानमा बम विस्फोट, एक घाइते
सिरहा, १० फागुन । सिरहाको लहान नगरपालिकाको मुख्य बजार क्षेत्रमै बम विस्फोट भएको छ । बिहीबार दिउँसो प्रेसर कुकर बम विस्फोट हुँदा लहान १ का ४५ वर्षीय अनिल अग्रवाल घाइते भएका छन् । टाउको र गर्धनमा चोट लागेका अग्रवालको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय लहानका डीएसपी गणेश

२०७४ फागुन १० बिहीबार, दिउँसो ३:१८ बजे१ मिनेट पढाइ

सिरहा, १० फागुन । सिरहाको लहान नगरपालिकाको मुख्य बजार क्षेत्रमै बम विस्फोट भएको छ । बिहीबार दिउँसो प्रेसर कुकर बम विस्फोट हुँदा लहान १ का ४५ वर्षीय अनिल अग्रवाल घाइते भएका छन् ।
टाउको र गर्धनमा चोट लागेका अग्रवालको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय लहानका डीएसपी गणेश चन्दका अनुसार बम विस्फोट भएको स्थलमा जनतान्त्रिक तराई मुक्ति मोर्चा गोहित समूहको पर्चा भेटिएको छ ।
विस्फोटको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लहान बजारको मुख्य चोकमा रहेको मारुती होटल अगाडि बम विस्फोट भएको हो । घटनाको थप विवरण आउँन बाँकी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…